Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

विजय लामाले तताए पेरिस I

Published on: Wednesday, January 11, 2012 //



कमल बिक्रम के .सी,  पेरिस फ्रान्स,

नयाँ एल्बम "एक कलाकार" लिएर छिटै नै नेपाली श्रोता माझ आउन लागेका गाएक विजय लामाले लामो समय पछि फ्रान्स, पेरिसबासी नेपालीहरुलाई संगीत मार्फत रमाइलो गर्ने मौका दिलाए।

नेपाली एकता समाज फ्रान्सले नयाँ वर्ष र ल्होसारको अवसर पारेर आयोजनामा गरेको बिजय लामाको सांगीतिक कन्सर्टमा नेपालिहरु झुमेर निकै रमाइलो गरे। आफ्ना नयाँ तथा पुराना गीतहरु संगै दर्सकलाई नाच्न हौश्याएका विजय लामा संग साथमा साथ दिदै संगीत प्रेमी नेपालीहरु पेरिसको जाडोको बेवास्ता गर्दै जोशका साथ उफ्रन्दै नाच्न पछि परेनन् । लामाले "भोलि फर्की आउछु आउदिन,तिमीलाई भेट्न पाउछु पाउदिन.... " बोलको गित गाउदा नेपाल जान नपाएका नेपाली दाजुभाई तथा दिदिबहिनिहरु निकै भाबुक देखिए।

पेरिसको जाडोमा विजय लामाको कन्सर्ट करिब पाँच घण्टा चले पनि पेरिसबासि नेपालीहरुलाई अझ नपुगेझैँ देखिन्थ्यो। उल्लेख्य दर्सकहरुको उपस्थिति रहेको उक्त सांगीतिक कार्यक्रम सोचे भन्दा पनि धेरै सफल भएको आयोजक नेपाली एकता समाजका पधादिकारीहरु बताए। युरोपको सांगीतिक यात्रामा निस्किएका विजय लामा फ्रान्स पछि बेल्जियम रसुइज़रल्याण्डमा कन्सर्ट गर्दै छन।

0 comments for "विजय लामाले तताए पेरिस I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!