Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

हृयाप्पी बर्थडे रेजिना I

Published on: Wednesday, January 11, 2012 //



काठमाण्डौ, पौष २७,

गत बर्षको जन्मदिनमा मनकामना मन्दिर दर्शन गर्न जादा भगवनालाई समेत उमेर नभनेकी रेजिना उप्रेतीलाई यसपटक फिल्मीखबरले प्रश्न गर्‍यो आजबाट तपाई कति बर्षमा टेक्नु भयो ? रेजिनाले भनिन् 'उमेर खोल्यो भने त बवार्द भैहाल्यो नि । त्यही पनि तपाई अनुमान लगाउनु हुन्छ भने मेरो उमेर २५ देखि ३० भित्र पर्दछ ।'

आज बुधबार उनको जन्मदिन हो । यो बर्षकेही सुस्त रहेकी उनी दश बर्षको फिल्मीकरिअरमा पहिलो पटक चलचित्र बरदान मार्फत प्रोड्यूसर पनि बनिन । जन्मदिनमा परिवार सहित पशुपति नाथ दर्शन गर्ने आज उनको योजना छ । यस्तै साँझ बुद्वनगरमा रहेको निवासमा उनले केक काट्ने तयारी पनि गरेकी छिन् । 

तर बर्थडे पार्टीमा परिवारका सदस्य बाहेक साथी भाई नडाक्ने रेजिनाले बताईन । जन्मदिनसंगै आजबाट उनले फिल्मीखबर मार्फत नयाँ योजनापनि र केही संकल्पका कुराहरूपनि बताईन । उनले भनिन 'पहिलेको जस्तो जुन पायो त्यो फिल्ममा अब खेल्ने छैन त्यसैले राम्रा ब्यानर र नाम कहिलिएका फिल्ममेकरसंग जुनसुकै बेला काम गर्न तयार छु । ' यस्तै उनले विगतका दिनमा आफूबाट अञ्जानमा भएका गल्तीबाट पाठ सिक्दै आगामी दिनमा त्यस्ता गल्तीहरू नगर्ने प्रतिबद्धता पनि जाहेर गरिन ।

यो बर्ष रेजिनाद्धारा अभिनित तीन चलचित्र त्यो दश घण्टा, चम्पा चमेली र राज रिलिज भएका छन् । यस्तै उनको होम प्रोडक्सनको चलचित्र बरदान रिलिजको तयारीमा छ । उनले भनिन् अहिले बरदानको प्रमोशन कसरी गर्ने भन्ने कुरामा बढी ध्यान दिईरहेको छु त्यसैले यो फिल्म रिलिज भएलगत्तै अर्को फिल्म निर्माणको तयारीमा जुट्ने छु । फिल्मीखबर,

0 comments for "हृयाप्पी बर्थडे रेजिना I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!