आजदेखि नेपाल आयल निगम ४२ बर्षमा I
काठमाडौं, पुष २६,
नेपाल आयल निगम आजदेखि ४२ वर्षमा प्रवेश गरेको छ । बिक्रम सम्बत २०२६ सालमा स्थापना भएको निगम नेपालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरण गर्ने एक मात्रै आधिकारीक निकायका रुपमा क्रियाशील छ । निगमले काठमाडौंमा केन्द्रिय कार्यालय र विभिन्न क्षेत्रीय कार्यालय मार्फत तेलको आपूर्ति गर्दै आएको छ ।
सबै खालका ईन्धनको गरी निगमको भण्डारण क्षमता ७१ हजार ५ सय ५८ किलोलिटर रहेको निगमले जनाएको छ । तर पछिल्लो समयमा ईन्धनको माग बढ्दै गईरहेकाले त्यसको तुलनामा निगमको भण्डारण क्षमता निकै कम भएकाले आयात नभएका बेला पनि वितरण सहज बनाउन क्षमता विस्तारमा जोड दिनु आवश्यक भएको सरोकारवालाले जनाएका छन् ।
पेट्रोलियम पदार्थ आयात वापतको रकम भारतीय आयल कर्पोरेशनलाई दिन नसकेपछि झण्डै एक महिनादेखि देशभर ईन्धनको वितरण प्रभावित भएको छ । निगमले समय अनुसार मूल्य समायोजन हुन नसक्दा निरन्तर घाटा बढ्दै गएकाले मूल्य समायोजन र पुरानो घाटा सरकारले ब्योहोरे समस्या समाधान हुने जनाएको छ । निगमको वार्षिकोत्सवका अवसरमा सन्देश दिंदै प्रधानमन्त्री बाबुराम भट्टराईले दैनिक जीवनमा ईन्धनको अनिवार्यतालाई ध्यानमा राखी नियमीत आपूर्ति हुने अपेक्षा राख्नुभएको छ । उज्यालो नेटवर्क