Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

हिम्मतिली अरूणिमा I

Published on: Monday, January 9, 2012 //



काठमाण्डौ, नेपाली चलचित्र उधोगकी सवैभन्दा बहादुर र हिम्मतिली आमा भनेर अरूणिमा लम्सालको नाम लिंदा पक्कै कसैको मन नदुख्ला । अरूणिमाले दुई महिनाकी आफ्नी पुतलीलाई घरमै छाडी फिल्मीजमघटमा उपस्थित भएर हिम्मत देखाईन् त्यो पनि घण्टौसम्म ।

सोमबार चलचित्र बजारको प्रिमियर शोमा उनले सानी अरूणिमालाई श्रीमानको काखमा सुताउदै जयनेपाल हल टेकिन् । आमा बन्दा समेत ज्वली देखिएकी उनी निकै हँसिली र फुर्तिली देखिएकी थिईन् । उनी पाँच बजे देखि बेलुकी साढे नौ बजे सम्म आफ्नी आमा कलाकार राधा लम्साल र बुवा सित प्रिमियरमा सहभागी भएकी थिईन् ।

नेपाली समाजका रियल हिरो भनेर चिनिने एसपी रमेश खरेल, सभासद गगन थापा लगायतका केही विद्यार्थी नेताको संयूक्त उपस्थितिमा अरूणिमाले उक्त फिल्मको अडियो सिडि पनि प्रिमियर समारोहमा सार्वजनिक गरीन् । सुत्केरी अवस्थामा रहे पनि उनको चुलबुले कृयाकलापबाट मिडिया र चलचित्रकर्मी समेत अचम्ममा परेका थिए । 'आज सवै जनालाई भेटिरहेको छु एकदमै खुशी लागिरहेको छ', सुत्केरी पश्चात पहिलो फिल्मीजमघटमा भेटिएकी अरूणिमाले फिल्मीखबरसंगको कुराकानीमा भनिन् ।

मार्सल फिल्मसको ब्यानरमा मधु कुमार श्रेष्ठले पहिलो पटक निर्माण गरेको उक्त चलचित्रमा अरूणिमाका अलवा लिड रोलमा अर्जुन कार्की छन् भने हेमन्त बुढाथोकी, सुशिल पोखरेल, दिनेश डिसी, जयकिशन बस्नेत, नागेन्द्र रिजाल र एसपीको भूमिकामा महानायक राजेश हमाल पनि रहेका छन् । उनी एसपी रमेश खरेलको भूमिकामा छन् ।

आफ्नै चरित्रलाई मिल्ने गरी राजेश हमाललाई प्रस्तुत गरिएको प्रति एसपी खरेलले खुशी ब्यक्त गरे तर हमालले कपाल नकाटेको प्रति उनको कमेन्ट थियो । उनले भने, 'प्रहरी भूमिकामा खेलिसकेपछी राजेश हमालले आफै बुझेर कपाल काट्नु पथ्र्यो जुन अलि खल्लो छ तर पनि धेरै समयपछी सिनेमा हरें र सिनेमाको स्तर बृद्धि भएको मैले पाए ।' तर मिडियाले लामो कपालको बिषयमा प्रश्न गर्दा महानायकले अन्य चलचित्रको कन्टिन्यूटीले गर्दा कपाल लामो राख्न बाध्य भएको प्रतिक्रिया दिए ।

सिनेमालाई फाईट मास्टर एनवी महर्जनले डेब्यू फिल्मको रूपमा निर्देशन गरेका हुन् । विभिन्न परिस्थितिले युवाहरूलाई कसरी डन बनाउछ र डनको अन्त्य एक दिन हुन्छ भन्ने मुख्य बिषयमा आधारित उक्त चलचित्र आउदो शुक्रबार देखि देशब्यापी रिलिज हुदैछ । सिनेमा हेर्न काग्रेस नेता शेरबहादुर देउवा समेत उपस्थित भएका थिए । फिल्मीखबर

0 comments for "हिम्मतिली अरूणिमा I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!