Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes
Friday, April 11, 2025

नेपाल र फिलिपिन्स आज भिड्दै

Published on: Monday, October 10, 2011 //

काठमाडौ, आश्विन २४,

नेपालले अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेको तीन दशक छुन लाग्दा पहिलो औपचारिक खेलमा मंगलबार फिलिपिन्सको सामना गर्दैछ । यसलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका रूपमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट मान्यताप्राप्त छ । नेपाली राष्ट्रिय टिमका इङलिस प्रशिक्षक ग्राहम रोबर्ट्सले 'अत्यधिक महत्त्व' को संज्ञा दिएका छन् । 'यो नेपाली टिमको दक्षिण-पूर्वी एसियाली भ्रमणको पहिलो खेल हो । हामी सुखद नतिजासँगै भ्रमण सुरु गर्न चाहन्छौं । यो खेलको अत्यधिक महत्त्व हुनेछ,' रोबटर््सले कान्तिपुरलाई बताए । 'केही फिलिपिनी खेलाडीसँग युरोपमा खेलेको अनुभव छ, त्यसैले हामी सतर्क रहनेछौं,' उनले थपे । दुवै टिमका लागि रिजल मेमोरियल फुटबल स्टेडियमा हुने खेल आसन्न एएफसी च्यालेन्ज कपअघि एकापसलाई चिन्ने अवसर पनि हुनेछ ।

अर्को वर्ष काठमाडौंमा हुने च्यालेन्ज कपमा नेपाल र फिलिपिन्स दुवै छनोट भइसकेका छन् । नेपालको यो छैटौं मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल हुनेछ । भुटानविरुद्ध सन् २००९ मा भारतको कोलकातामा भएको खेलयता यो विदेशी भूमिमा नेपालले खेल्न लागेको दोस्रो मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ । नेपालले अहिलेसम्म खेलेका पाँच मैत्रीपूर्ण अभ्यास खेलमध्ये चारमा जित हात पारेको छ । फिलिपिन्स भने सन् १९९७ यता पहिलोपल्ट मैत्रीपूर्ण खेल खेल्दैछ । सन् १९९७ मा भएको त्यस खेलमा फिलिपिन्स इस्टोनियाको हातबाट १-० ले पराजित भएको थियो ।

फिलिपिन्स गत साता मात्र भएको खेलमा सिंगापुरसँग २-१ ले हारेको थियो । नेपालको सामना गर्नअघि सोमबार आयोजित पि्र-म्याच कन्फ्रेन्समा फिलिपिन्सका जर्मन प्रशिक्षक माइकल वेसले आफ्नो टिम अब कमजोर नरहेको दाबी गरे । फिलिपिनी फुटबल टोलीलाई 'अज्कल्स' पनि भनिन्छ, त्यसको अर्थ 'सडक कुकुर' हुने गर्छ । 'हाम्रो टिमले पनि एसियाली फुटबलमा दरिलो उपस्थिति जनाइसकेको छ । हाम्रो टिमले कति गोल खाएर हार्छ भन्ने अनुमान अब पुरानो भइसकेको छ,' प्रशिक्षक वेसले भने ।

उनले थपे, 'पछिल्ला केही खेलमा हाम्रो टिमले बलिया एसियाली प्रतिद्वन्द्वीविरुद्ध पनि प्रभावशाली प्रदर्शन गरेको छ, फिलिपिनी टिममा सुधार आइरहेको प्रस्ट छ । यसलाई अझ तिखार्न माथिल्लो स्तरका टिमसँग खेल्नुपर्छ, त्यसैले नेपाल उपयुक्त प्रतिद्वन्द्वी हो ।'फिफा वरीयतामा नेपाल १ सय ३६ औं स्थानमा छ । फिलिपिन्स भने १ सय ६६ औं स्थानमा छ । जर्मन फुटबल संघले ४४ वषर्ीय वेसलाई फिलिपिन्सको फुटबल सम्हाल्न जनवरीमा मनिला पठाएको हो । उनले रियल म्याडि्रड र आर्सनल जस्ता क्लबमा प्रशिक्षणको 'इन्टर्न' गरेका थिए । यसअघि उनी चिनियाँ अन्डर-ट्वान्टी र रुवान्डा अन्डर-सेभेन्टिनका प्रशिक्षक थिए । सन् सत्तरीतिर फिलिपिन्स दक्षिण-पूर्वी एसियाको फुटबल शक्ति थियो, त्यसयता उसको स्तर ओरालो लागेको थियो । अहिले फेरि फिलिपिनी फुटबल मूलधारमा बलियो भएर र्फकने अभियानमा छ ।

सन् असीको दशकमा नेपाल र फिलिपिन्स किङ्स कपमा थाइल्यान्डमा भिडेका थिए, त्यसमा नेपाल १-० ले विजयी भएको थियो । त्यसमा गणेश थापाले निणर्ायक गोल गरेका थिए । प्रशिक्षक ग्राहमले पि्र-म्याच कन्फ्रेन्समा यसपल्ट पनि जितकै लागि खेल्ने बताएका छन् । 'म प्रत्येकपल्ट जितका लागि खेल्ने गर्छुं, यो मेरो खेल नीतिको प्रकृति हो,' उनले भने । उनले नेपाली टिम कस्तो हुने हो, त्यो खुलाएका छैनन् । प्रत्येक खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउन मिहिनेत गर्नुपर्ने उनको दाबी छ । फिलिपिनी टिममा युरोपका व्यावसायिक लिगमा खेल्ने खेलाडीको बाहुल्य छ ।

केही खेलाडीसँग उमेर समूहमा डेनमार्क र फिलिपिन्स दुवैमा खेलेको अनुभव छ । डेनिस क्लबहरूमा खेल्ने जे लुसेना, डेनिस कागरा र पउल मुल्डर्स फिलिपिन्सका प्रमुख खेलाडी हुनेछन् । लुसेना डेनमार्क मूलका हुन् र उनी त्यहाँको सुपरलिगा क्लब एएफसी आरहसबाट खेल्नेछन् । अन्य खेलाडीमा स्टेफेन सक्र बुंडेसलिगाको दोस्रो डिभिजन खेल्छन् । नेल एथेरडेज इङलिस पि्रमियर लिग क्लब फुलहमको रिजर्भ टिमका गोलरक्षक हुन् । उनी चेल्सी एकेडेमीका उत्पादन हुन् ।

0 comments for "नेपाल र फिलिपिन्स आज भिड्दै"

Leave Reply

आफ्नो एक मात्र छोरी कवितालाई नायिका करिश्मा मानन्धर र उनका श्रीमान् बिनोद मानन्धरले अमेरिका पठाएका छन् । करिश्मा र बिनोदले छोरी कवितालाई वु...

विश्व

निशुल्क औषधीले ७० जनाको ज्यान गयो I

एजेन्सी,पाकिस्तानमा नक्कली औषधीका कारण ज्यान गुमाउने संख्या ७० पुगेको छ । पंजाब प्रान्तमा सरकारले उपलब्ध गराएको निशुल्क औषधीका कारण ज्यान ग...

नाईजेरियामा भएको सिलसिलाबद्ध बम विष्पोटमा मर्नेको संख्या एकसय ५० पुग्यो I

एजेन्सि, माघ ८,नाईजेरियाका दोश्रो ठूलो शहर कानोमा गत शुक्रवार भएको सिलसिलाबद्ध बम विस्फोटमा मारिनेको सख्या करिव १५० पुगेको छ । अस्पताल...

बम विष्फोटनमा सात जनाको ज्यान गयो, ५० भन्दा बढी घाईते I

एजेन्सी, माघ ७, नाईजेरियाको कानो शहरमा प्रहरी कार्यालय लगायत महत्वपूर्ण ठाउँमा श्रृंखलावद्ध बम विष्फोट हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ...
  • प्यालेस्टाइनका सभामुख ईजरायलको कब्जामा I
  • हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो I
  • अमेरिकी दूतलाई पाकिस्तानमा अस्वीकार I
  • पाकिस्तानमा सरकार-सेना विवाद चर्कियो I
  • पाकिस्तानमा सडक दुर्घटनामा सांसदको मृत्यु I
  • सीरियामा भएको प्रर्दशनमा २७ जनाको मृत्यु I
  • उड्दै गरेको हट एयर बेलुन बल्यो, पाइलट र ५ जोडीको मृत्यु I
  • Feed!

    विज्ञान प्रविधि

    गुगलको कमाइ सोँचेभन्दा कम I

    पछिल्लो तथ्यांकले इन्टरनेट कम्पनी गुगलको कमाइ अपेक्षा भन्दा कम भएको देखाएको छ । सन् २०११ को पछिल्लो त्रैमासिकमा गुगलको राजस्व वृद्धि २७ प्र...

    आवाजले चल्ने मोबाइल I

     एजेन्सी, नयाँदिल्ली, मोबाइल धेरै चलाउँदा औलामा समस्या भएको छ भने केही समय पर्खनुहोस् । भारतमा बोलेरै मोबाइल एसएमएस लेख्न सकिने प्रविध...
  • एनसेलको ग्राहक संख्या ७० लाख नाघेको अवसरमा ७ जना ग्राहकलाई १० लाख रुपैयाँका दरले नगद पुरस्कार दिने I
  • मानवीय स्वभाव अनुसार काम गर्ने ल्यापटप आउने I
  • टि्वटरले गुगलको परिवर्तनमा आलोचना I
  • भारतमा फेसबुकलाई प्रतिवन्ध लगाउने चेतावनी I
  • कहिले हट्छ क्यालेण्डरबाट एक महिना ?
  • RSS Feed!

    प्रवास

    हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो I

    एजेन्सी, माघ ६,शान्ति स्थापनाका लागि खटिएको नेटो सेनाको हेलिकोप्टर अफगानिस्तानमा दुर्घटना हुँदा ६ जना अमेरिकी सेनाको ज्यान गएको छ । बिहीबार...

    सीरियामा भएको प्रर्दशनमा २७ जनाको मृत्यु I

    एजेन्सी, पुस २४, सीरियाको छुट्टा छुट्टै स्थानमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । स्थानिय समन्वय समितिका अनुसार हो...
  • आत्मघाती बम आक्रमणमा ६ सुरक्षाकर्मीको ज्यान गयो I
  • प्रदर्शन भड्काउन अमेरिकाको हातः रुसी प्रधानमन्त्री पुटिन I
  • इजिप्टमा हिंसा चर्कियो
  • RSS Feed!

    मनोरञ्जन

    प्रियिमरसंगै परिचयको दौड I26 Jan 2012

    काठमाण्डौ, माघ १३, मुम्बई हानिए पश्चात परिचय मार्फत नेपाली सिनेमामा कमब्याक भएका अभिनेता निखिल उप्रेती अभिनित चलचित्र परिचय शुक्रबारदेखि दे...

    अभिनेत्री सुशिला रायमाझीको निधन I26 Jan 2012

    काठमाण्डौ, लामो समय देखि क्यान्सर रोगले पिडित अभिनेत्री सुशिला रायमाझीको बिहिबार दिउसो निधन भएको छ । पूरानो बानेश्वर निवासी रायमाझीको दिउसो...

    Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
    Feed!

    अन्तर्वार्ता

    'मिस यू' प्रेमको परिभाषा दिने चलचित्र हो : निर्माता/नायक दिलिप रायमाझी I

    नेपाली चलचित्र क्षेत्रमा कुशल अभिनेताको रूपमा दिलिप रायमाझीको नाम अग्रपंक्तीमा नै पर्दछ । दर्पणछायाँबाट एकाएक चम्किएका यि नायक अहिले पुन: द...