Published on: Sunday, October 9, 2011 //
खेलकुद
काठमाडौं, आश्विन २२ गते ।
बंगलादेशको ढाकामा हुने एसियाली यु-१४ टेनिस च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली लनटेनिस टोली त्यसतर्फ प्रस्थान गरेको छ । च्याम्पियनसिपमा समान ४-४ पुरुष तथा महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष खेलाडीहरुमा इभान हो लिसानेविच, प्रनव कायश्थ, सक्षम कार्की तथा आभाष मल्ल छन् । त्यस्तै महिलामा विभूति कार्की, विजिशा श्रेष्ठ, माहिका राणा र मायांका राणा छन् ।
टिम व्यवस्थापकमा अखिल नेपाल लनटेनिस संघकी उपाध्यक्ष ज्योति राणा तथा प्रशिक्षकमा लिटिल एन्जल्स स्कुलका टेनिस प्रशिक्षक रामेश्वर थापा छन् । एसियाली लनटेनिस महासंघ र बंगलादेश टेनिस संघको संयुक्त आयोजनामा हुने प्रतियोगिता अक्टोबर १० देखि १६ तारिखसम्म सञ्चालन हुनेछ । टोलीलाई सफलताको शुभकामना दि“दै अखिल नेपाल लनटेनिस संघका अध्यक्ष मनोज राणा, संघका अन्य पदाधिकारीलगायतले एक कार्यक्रमबीच बिदाइ गरेका थिए । unn.com.np