Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

आफ्नो विवादास्पद अभिव्यक्तिप्रति अमेरिकी राजदुत थोमसले माफी मागे

Published on: Sunday, October 9, 2011 //

(एजेन्सी) आश्विन २२,

फिलिपिन्स भ्रमण गर्ने चालिस प्रतिशत पुरुष पर्यटकहरु यौन सम्पर्कका लागि आउने गरेको भन्ने आफ्नो विवादास्पद अभिव्यक्तिप्रति फिलिपिन्सका लागि अमेरिकी राजदुत ह्यारी थोमसले माफी माग्नु भएको छ । फिलिपिन्सका विदेश सचिव अल्बर्ट डेल रोसारियोलाई गत शुक्रबार मोबाइलबाट म्यासेज पठाएर थोमसले माफी मागेको एपएफपीले जनाएको छ ।

‘मैले बोलेको कुराप्रति म तपाईँसँग माफी माग्छु’, राजदुत थोमसले सन्देशमा लेख्नुभएको छ, ‘मैले प्रमाण बिना चालिस प्रतिशत भन्न हुँदैनथ्यो ।’ राजदुत थोमसले गत महिना फिलिपिन्स भ्रमण गर्ने चालिस प्रतिशत पुरुष पर्यटक यौन सम्पर्कका लागि आउने गरेको विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । अमेरिकी दुतावासले विज्ञप्ती मार्फत उहाँले आफ्नो अभिव्यक्ति प्रति गहिरो आत्मालोचना गरेको बताएको छ ।

थोमसको अभिव्यक्ति लगत्तै फिलिपिन्स सरकारले उहाँको भनाईले देशको प्रतिष्ठमा दाग लागेको भन्दै आपत्ति जनाएको थियो । फिलिपिन्स यौन पर्यटनका लागि विश्वमै नाम कहलिएको देश हो । गत वर्ष ३५ लाखले फिलिपिन्स भ्रमण गरेका थिए । फिलिपिन्स सरकारले सन् २०१६ सम्ममा ६० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

0 comments for "आफ्नो विवादास्पद अभिव्यक्तिप्रति अमेरिकी राजदुत थोमसले माफी मागे"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!