Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes
Wednesday, April 09, 2025

तीन नयाँ एयरलाइन्स थपिने

Published on: Wednesday, October 19, 2011 //

काठमाडौ, कार्तिक ३,

नेपालतर्फ देखिएको पर्यटक आकर्षणसँगै नयाँ विमान कम्पनीको चासो पनि बढ्न थालेको छ । यसअघि यात्री नपाएर बन्द भएका सहित तीन नयाँ विमान कम्पनीले काठमाडौं सीधा उडानको माग गर्दै आवेदन दिएका छन् । रसियाको एरोफ्लोट, श्रीलंकन एयरलाइन्स र संयुक्त अरब (युएई) को आरएके एयरवेजले पनि छिट्टै नेपालबाट उडान गर्ने तयारी थालेका छन् । नेपालमा चर्किएको द्वन्द्वसँगै बन्द भएका एरोफ्लोट र श्रीलंकन एयरले नेपालतर्फको आवतजावत बढन् थालेकैले फेरि चासो देखाएका हुन् । पछिल्लो दुई वर्षमा यहाँ सेवा दिन १० वटा विदेशी एयरलाइन्सले सीधा उडान सुरु गरेका छन् । यीसँगै अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीको संख्या २८ पुगेको छ । नयाँ तीन कम्पनीले पनि सेवा सुरु गरेपछि एक नेपाली सहित ३० विदेशी वायु सेवा कम्पनीका जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टेक्नेछन् ।

यहाँबाट उडान गर्न अनुमति पाएको पछिल्लो विमान कम्पनी इन्डिगो एयरलाइन्स हो । यो भारतीय कम्पनीले यही कात्तिक ११ गतेदेखि काठमाडौं-दिल्ली उडान सुरु गर्दै छ । सेवा सुरु गर्ने चासो देखाएका मध्ये एरोफ्लोटले भने सन् २००१ सम्म नेपाल उडान गथ्र्यो । त्यसपछि द्वन्द्वका कारण पर्यटन क्षेत्र धराशायी भएकाले कम्पनीले उडान स्थगित गरेको थियो । 'पर्यटक आगमनका कारण हवाई व्यवसाय फस्टाइरहेकाले फेरि चासो दिएको छ,' पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने 'तीन वटै कम्पनीलाई सेवा सञ्चालन गर्न दिन उच्च अधिकारीबीच छलफल भइरहेको छ ।'

नेपाल आउने पर्यटकसँगै वैदेशिक रोजगारका लागि नेपालीहरू बिदेसिन थालेपछि विमान कम्पनीको चासो थप बढेको हो । दैनिक करिब १ हजार युवा रोजगारीको अवसर खोज्दै बिदेसिने गरेका छन् । यत्तिकै हाराहारीमा काममा गएकाहरू फर्किने अनुमान सरकारको छ । यसैगरी १० लाख पर्यटकलाई स्वागत गर्ने गरी ल्याइएको पर्यटन वर्षले पनि नेपालतर्फको आकर्षण बढाएको छ । सन् २०११ को पहिलो ६ महिनामा २०१० को सोही अवधिको तुलनामा १९ दशमलव ३९ प्रतिशतले पर्यटक बढेका छन् । जनवरीदेखि सेप्टेम्बरसम्म करिब ३ लाख ७० हजार पर्यटक हवाई मार्ग हुँदै नेपाल आएको तथ्यांक छ ।

श्रीलंकन एयरलाइन्सले भारतको दिल्ली हुँदै नेपालबाट उडान गर्ने योजना बनाएको आचार्यले बताए । एयरलाइन्सले सन् २००८ मा श्रीलंकाबाट दिल्ली हुँदै अन्य मुलुकमा सीधा उडान गर्ने पाँचौ स्वतन्त्रता अधिकार (फिफ्थ फ्रिडम) पाएको छ । त्यस्तै युएईबाट उडान गर्ने चासो देखाएको आरएके एयरवेजलाई अनुमति दिनुअघि दुई देशबीचको हवाई सम्झौता परिमार्जन गर्नुपर्ने हुन्छ । हालको सम्झौता अनुसार दुई मुलुकबीच साताको २८ उडान गर्न पाउने व्यवस्था छ । यसअन्र्तगत एयर अरेयिबा, फ्लाई दुबई र इत्तिहाद एयरवेजले उडान गरिरहेका छन् ।

एयर अरेयिबा र फ्लाई दुबई साताको १४/१४ उडान गरिरहेका छन् । त्यस्तै इत्तिहादले दैनिक एक उडान गरिरहेको छ । सम्झौताअनुसार पाएको सिट क्षमता पहिले नै प्रयोग भइसकेकाले फ्लाई दुबईले सरकारले व्यवस्था गरेकेा 'टेम्पोररी अपरेटिङ परमिट (टप)' का आधारमा सात उडान गर्दै आएको छ । 'सरकारले पर्यटन वर्षलाई लक्षित गरी २०११ का लागि मात्र टप आधारमा उडान गर्न दिने हो,' आचार्यले भने, 'सम्झौताभन्दा बढी उडानका लागि परिमार्जन गरेर उडान गर्न पाउने सिट फ्रिक्वेन्सी बढाउनुपर्छ ।' तर एयर अरेबियालाई पाँचौं स्वतन्त्रता अधिकार दिनेबारे भएको विवादका कारण सम्झौता परिमार्जन हुने/ नहुनेमा आशंका छ ।

अरेबियाले काठमाडौं हुँदै मलेसिया उडानका लागि यो अधिकार माग गरेकामा सरकारले स्वीकृति दिए पनि नेपाल वायु सेवा निगमको विरोधपछि फिफ्थ फ्रिडमको निर्णय रद्द गरिएको थियो । स्रोत : कान्तिपुर

0 comments for "तीन नयाँ एयरलाइन्स थपिने"

Leave Reply

आफ्नो एक मात्र छोरी कवितालाई नायिका करिश्मा मानन्धर र उनका श्रीमान् बिनोद मानन्धरले अमेरिका पठाएका छन् । करिश्मा र बिनोदले छोरी कवितालाई वु...

विश्व

निशुल्क औषधीले ७० जनाको ज्यान गयो I

एजेन्सी,पाकिस्तानमा नक्कली औषधीका कारण ज्यान गुमाउने संख्या ७० पुगेको छ । पंजाब प्रान्तमा सरकारले उपलब्ध गराएको निशुल्क औषधीका कारण ज्यान ग...

नाईजेरियामा भएको सिलसिलाबद्ध बम विष्पोटमा मर्नेको संख्या एकसय ५० पुग्यो I

एजेन्सि, माघ ८,नाईजेरियाका दोश्रो ठूलो शहर कानोमा गत शुक्रवार भएको सिलसिलाबद्ध बम विस्फोटमा मारिनेको सख्या करिव १५० पुगेको छ । अस्पताल...

बम विष्फोटनमा सात जनाको ज्यान गयो, ५० भन्दा बढी घाईते I

एजेन्सी, माघ ७, नाईजेरियाको कानो शहरमा प्रहरी कार्यालय लगायत महत्वपूर्ण ठाउँमा श्रृंखलावद्ध बम विष्फोट हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ...
  • प्यालेस्टाइनका सभामुख ईजरायलको कब्जामा I
  • हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो I
  • अमेरिकी दूतलाई पाकिस्तानमा अस्वीकार I
  • पाकिस्तानमा सरकार-सेना विवाद चर्कियो I
  • पाकिस्तानमा सडक दुर्घटनामा सांसदको मृत्यु I
  • सीरियामा भएको प्रर्दशनमा २७ जनाको मृत्यु I
  • उड्दै गरेको हट एयर बेलुन बल्यो, पाइलट र ५ जोडीको मृत्यु I
  • Feed!

    विज्ञान प्रविधि

    गुगलको कमाइ सोँचेभन्दा कम I

    पछिल्लो तथ्यांकले इन्टरनेट कम्पनी गुगलको कमाइ अपेक्षा भन्दा कम भएको देखाएको छ । सन् २०११ को पछिल्लो त्रैमासिकमा गुगलको राजस्व वृद्धि २७ प्र...

    आवाजले चल्ने मोबाइल I

     एजेन्सी, नयाँदिल्ली, मोबाइल धेरै चलाउँदा औलामा समस्या भएको छ भने केही समय पर्खनुहोस् । भारतमा बोलेरै मोबाइल एसएमएस लेख्न सकिने प्रविध...
  • एनसेलको ग्राहक संख्या ७० लाख नाघेको अवसरमा ७ जना ग्राहकलाई १० लाख रुपैयाँका दरले नगद पुरस्कार दिने I
  • मानवीय स्वभाव अनुसार काम गर्ने ल्यापटप आउने I
  • टि्वटरले गुगलको परिवर्तनमा आलोचना I
  • भारतमा फेसबुकलाई प्रतिवन्ध लगाउने चेतावनी I
  • कहिले हट्छ क्यालेण्डरबाट एक महिना ?
  • RSS Feed!

    प्रवास

    हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो I

    एजेन्सी, माघ ६,शान्ति स्थापनाका लागि खटिएको नेटो सेनाको हेलिकोप्टर अफगानिस्तानमा दुर्घटना हुँदा ६ जना अमेरिकी सेनाको ज्यान गएको छ । बिहीबार...

    सीरियामा भएको प्रर्दशनमा २७ जनाको मृत्यु I

    एजेन्सी, पुस २४, सीरियाको छुट्टा छुट्टै स्थानमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । स्थानिय समन्वय समितिका अनुसार हो...
  • आत्मघाती बम आक्रमणमा ६ सुरक्षाकर्मीको ज्यान गयो I
  • प्रदर्शन भड्काउन अमेरिकाको हातः रुसी प्रधानमन्त्री पुटिन I
  • इजिप्टमा हिंसा चर्कियो
  • RSS Feed!

    मनोरञ्जन

    प्रियिमरसंगै परिचयको दौड I26 Jan 2012

    काठमाण्डौ, माघ १३, मुम्बई हानिए पश्चात परिचय मार्फत नेपाली सिनेमामा कमब्याक भएका अभिनेता निखिल उप्रेती अभिनित चलचित्र परिचय शुक्रबारदेखि दे...

    अभिनेत्री सुशिला रायमाझीको निधन I26 Jan 2012

    काठमाण्डौ, लामो समय देखि क्यान्सर रोगले पिडित अभिनेत्री सुशिला रायमाझीको बिहिबार दिउसो निधन भएको छ । पूरानो बानेश्वर निवासी रायमाझीको दिउसो...

    Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
    Feed!

    अन्तर्वार्ता

    'मिस यू' प्रेमको परिभाषा दिने चलचित्र हो : निर्माता/नायक दिलिप रायमाझी I

    नेपाली चलचित्र क्षेत्रमा कुशल अभिनेताको रूपमा दिलिप रायमाझीको नाम अग्रपंक्तीमा नै पर्दछ । दर्पणछायाँबाट एकाएक चम्किएका यि नायक अहिले पुन: द...