Published on: Sunday, October 2, 2011 //
खेलकुद
गोरखा, आश्बिन १५,
गोर्खाको ऐतिहासिक लिगलिग कोटमा दशैं तथा पर्यटन वर्षको अवसर पारेर आज लिगलिगे दौड प्रतियोगिता हुँदैछ । लिगलिगकोटको प्रचार प्रसार गर्ने उद्देश्यले लिगलिगकोट विकास समिति र कन्सेप्ट नेपाल काठमाडौंको संयुक्त आयोजनामा प्रतियोगिता दोश्रो पटक हुन लागेको हो । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैंया नगद पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी दोश्रो हुनेलाई २५ हजार रुपैंया र प्रमाणपत्र तथा तेश्रो हुनेलाई १५ हजार रुपैंया नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा करीब १ सय ५० भन्दा बढी धावक सहभागी हुने बताइएको छ । गोरखाको पालुङटार र लमजुङको धमिलीकुवा गाविसको बीचमा पर्ने मस्र्याङ्दी र चेपे नदीको दोभान चेपेघाटबाट लिगलिगकोटसम्मको करिब १३ किलोमिटर उकालो बाटोमा प्रतियोगिता हुनेछ । सत्रौं शताब्दीमा प्रत्येक वर्ष चेपेबाट दौडेर लिगलिगमा पहिले पुग्ने व्यक्ति राजा हुने प्रचलन अनुसार सत्रौं शताब्दीमा लमजुङ राइनासकोट राज्यका द्रव्य शाह लिगलिगे दौडमा जितेर राजा बन्न सफल भएका थिए ।