थाई प्रधानमन्त्रीको टि्वटर हृयाक
Published on: Monday, October 3, 2011 //
बिश्वमा
एजेन्सी,
थाईल्याण्ड, आश्विन १६ ,
थाई प्रधानमन्त्री यिङ्लक सिनावात्राको टि्वटर एकाउण्ट हृयाक भएको छ । अन्तिम टि्वटमा लेखिएको छ, 'टि्वटरको सुरक्षा नगर्ने प्रधानमन्त्रीले देशको सुरक्षा कसरी गर्छिन् ?' उनको टि्वटर हृयाक गरेर हृयाकरले ८ वटा टि्वट पोस्ट गरेको छ । सवै पोस्टमा प्रधानमन्त्री सिनावात्राको क्षमतामा प्रश्न उठाइएको छ ।
पूर्वप्रधानमन्त्री थाक्सिनकी बहिनी यिङ्लक जुलाईमा प्रधानमन्त्री निर्वाचित भएकी थिइन् । यहाँका सूचना तथा सञ्चार मन्त्रीले हृयाकर पत्ता लागिसकेको बताएका छन् ।