Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

पेट्रोलियमको मुल्य वढाउनु सरकारको वाध्यता-अर्थमन्त्री पुन I

Published on: Friday, January 27, 2012 //
दमौली,
माघ १३-अर्थमन्त्री वर्षमान पुनले पेट्रोलियमको मुल्य वढाउनु सरकारको वाध्यता भएको वताएका छन् ।नेपाल मगर विद्यार्थी संघको दमौलीमा शुक्रवारदेखि शुरु सातौं महाधिवेशनको उद्घाटन गर्दै मन्त्री पुनले अन्तरराष्ट्रिय वजारमा पेट्रोलियमको मुल्य वृद्धि भएकाले नेपालमा पनि मुल्य वृद्धि गर्नु परेको वताए । 

उनले विद्यार्थी आन्दोलनका कारण वढाईएको मुल्य वृद्धि पुन घटाईए पनि अव पुन परिवर्तन हुन नसक्ने जिकिर गरे । ‘राज्यले अझै पोट्रोलियममा घाटा वोहोरिरहेको छ,’ उनले भने, ‘अव पुन मुल्य घटाउने अवस्था तत्काल छैन ।उनले ठूला होटल, कारखानालाई राज्यले दिने अनुदान घटाएर मजदुर, विद्यार्थी र न्यूनस्तरका उपभोक्तालाई अनुदान वढाउने वारेमा छलफल गर्न अर्थमन्त्रीको हौसियतले आफु तयार रहेको वताए । 

‘ग्याँस, पेट्रोल र डिजेल खपत नगर्ने क्षेत्रका जनतालाई खपत गर्ने सरहको व्यवस्था जरुरी छ,’ उनले भने, ‘ति विषयमा समेत छलफलवाट निष्कर्षमा पुगौं भन्ने विद्यार्थीहरुसँग आग्रह गर्दछु ।उनले सांस्कृतिक र पीडित, उत्पीडनमा परेका जातिहरुको अधिकारलाई सुनिश्चित गर्न संघीय राज्य आवश्यक भएको वताए । पहिचान र सामर्थ्यलाई राजनीतिक दलहरुले भिन्नाभिन्दै अर्थ लगाउने गरेपनि जातीय राज्य वनाउनेमा निष्कर्षमा पुगिनेमा मन्त्री पुनले विश्वास व्यक्त गरे ।कार्यक्रममा सभाषद सुरेश आलेमगर, उर्मिला थापा ‘पार्वती’, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापा लगायतले प्रत्येक जातजातिको संस्कृति, धर्म र भाषालाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।

अब माओबादी लडाकु ३ दिन भित्रमा बिदा हुने I

Published on: Thursday, January 26, 2012 //
काठमान्डौ माघ १३ गते ।स्वेच्छीक अबकासमा जाने माओबादी लडाकुलाई ३ दिन भित्र विदाई गरिने भएको छ । लामो समय पछि विहान बसेको सेना समायोजन विशेष समितिको बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईले १७ गतेदेखी बिदायी गर्ने प्रस्ताब गर्नुभएको थियो । सोही प्रस्ताब अनुसार आजको बैठकले सहमति गरेको काँग्रेस नेता डा. रामशरण महतले जानकारी दिनुभयो ।सेना समायोजन विशेष समितिले स्वेच्छिक अबकासमा जाने लडाकुहरुकालागि व्यक्तिगत बैक खातामा रकम पठाउने व्यवस्था मिलाइएको स्रोतले जनाएको छ । तीनीहरुले २ किस्तामा ५ देखी ८ लाख रुपैयाँ सम्म पाउने यसअघिनै निर्णय भइसकेको छ । यसअघि अवकाश रोज्ने लडाकुहरुलाई तत्काल विदा गर्न माओवादीकै वैद्य पक्षले अवरोध गरेपछि पुर्व निर्धारीत कार्यतालिका प्रभावित भएको थियो ।

सरकार कुशासनमा फसेको राप्रपा अध्यक्षको आरोप I

Published on: //
काठमान्डौ माघ १३ गते ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकार कुशासन र भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाउनु भएको छ । पार्टीको अञ्चल सम्मेलनका सिलसिलामा मध्यपश्चिम आउनुभएका थापाले आज नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा इतिहासमै सबैभन्दा भ्रष्ट अहिलेको सरकार रहेको आरोप लगाउनुभयो । उहाँले अहिले राजनीतिक सीण्डीकेट लागू गरेर शीर्ष तीन पार्टीले ब्रह्मलुट गरिरहेको दाबी गर्नुभयो । जेठ १४ मा संविधान बन्न सक्ने सम्भावना नरहेको बताउँदै उहाँले आपसी भागबण्डा गरेर बनाइएको संविधान स्थायी नहुने दाबी गर्नुभयो ।

सुचनाको बर्गिकरण संवन्धी नयाँ व्यवस्था प्रति सरोकारवालाहरुको आपत्ति I

Published on: //
काठमान्डौ माघ १३
सरकारका महत्वपुर्ण सुचना तथा निर्णयहरु सार्वजनिक गर्न नमिल्ने भन्दै सरकारले गरेको नयाँ व्यवस्थाको स्वतन्त्रताका पक्षधरहरुले विरोध गरेका छन । उनिहरुले सरकारले नियतबस सुचना लुकाउने योजना ल्याएर निरंकुशता र पंचायती शैली अप्नाएको टिप्पणी गरेका छन ।

नेपाल पत्रकार महासंघका पुर्व अध्यक्षहरु, बरिष्ठ पत्रकारहरु, अधिकारकर्मी र लोकतन्त्रवादी नेताहरुले पनि सरकारको कदम प्रति चिन्ता र आशंका व्यक्त गरेका छन । पत्रकार महासंघले त सरकारी कदम तत्काल फिर्ता लिन सरकारलाई दवाव दिईरहेको महासंघका अध्यक्ष शिव गाउलेले जानकारी दिनुभयो ।पत्रकारहरुले केही दिन अगाडी देखि नै सरकारी कदमको विरोध गर्दै दवावका लागी अन्य कार्यक्रमहरुको समेत तयारी गरेका छन । फ्रिडम फोरमको सक्रियतामा आज राजधानीमा बरिष्ठ पत्रकारहरुले सरकारी कदम बारे छलफलको आयोजना गरेका छन ।

समितिको बैठकमा प्रधानमन्त्रीको आलोचना I

Published on: //

काठमाण्डौ, माघ १३,

व्यवस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिका सदस्यहरूले पटक पटक प्रधानमन्त्री डा. बाबुराम भट्टराई समितिको बैठकमा अनुपस्थित हुनुभएकोमा आपत्ति जनाएका छन् । गएको ९ गते प्रधानमन्त्री आफैले आजका लागि बोलाउन लगाएर फेरि अनुपस्थित हुनुभएकोले सभासद्हरू आक्रोसित भएका हुन् ।

चुरे क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा निकासी नरोकिएकोले त्यसबारे छलफलका लागि समितिले आज प्रधानमन्त्रीलगायत विभिन्न पाँचजना मन्त्रीहरुलाई बोलाएको थियो । समिति बैठकमा तीन जना मन्त्रीहरू मात्रै उपस्थित भएका थिए । सभासद् रत्न गुरुङले राष्ट्रिय सरोकारको विषयमा सरकार प्रमुखबाट बेवास्ता गरिनु दुःखलाग्दो भएको बताउनुभयो ।

मूल्यवृद्धिको विरोधमा आजदेखि विद्यार्थीहरूले दोस्रो चरणको आन्दोलन गर्ने I

Published on: //


काठमाण्डौ, माघ १३

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आएका युवा तथा विद्यार्थी सङ्गठनहरूले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने भएका छन् । सरकारले मूल्य केही घटाए पनि बढाइएको मूल्य पूर्ण रूपमा फिर्ता हुनुपर्ने विद्यार्थीहरूको माग छ । हिजो साँझ सरकारसँग भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि उनीहरूले आजदेखि दोस्रो चरणको आन्दोलन थाल्ने भएका हुन् ।

वार्तामा सरकारका तर्फबाट सहभागी आपूर्ति मन्त्री लेखराज भट्टले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता हुन नसक्ने बताउनुभएको थियो । युवा तथा विद्यार्थीहरूले आजदेखि शैक्षिक संस्था अगाडि सरकारी गाडी गुड्न नदिने, वृहत् अन्तक्र्रिया, विरोधसभालगायतका कार्यक्रमहरू गर्ने भएका छन् ।

प्रहरी मौनताको अर्थ I

Published on: //

काठमाडौ, माघ १३,

पाकेटमार समात्दा पनि हाकिमहरू लहरै बसेर पत्रकार सम्मेलन गरी आफ्नो 'बहादुरी' बयान गर्ने प्रहरी एक उच्च सुरक्षा अधिकृतले गरेको हत्याबारे भने यतिखेर मौन प्रायः बसेको छ । सशस्त्रका नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाले आफ्नै श्रीमती गीता ढकालको हत्या गरेको प्रकरणमा देखिएको प्रहरी मौनताले थुप्रै प्रश्न जन्माएको छ ।

प्रहरीले पीडितको उजुरीभन्दा 'डीआईजी' भएकैले पीडक कोइरालाको कुरा बढी पत्याउँदा घटनाको वास्तविकताको खुलासामा निकै समय खर्चिएको थियो । अहिले पनि प्रहरीले औपचारिक रूपमा यतिमात्र भनेको छ, 'उसले (कोइरालाले) घटनामा आफ्नो संलग्नता स्वीकार गरेको छ ।'

हत्या कुन समयमा, कसरी भयो ? हत्यामा कस्तो हतियार वा वस्तुको प्रयोग भयो ? हत्याको कारण के थियो ? शव कसरी नष्ट गर्न खोजियो ? यस्ता थुप्रै प्रश्न छन्, जसको स्पष्ट जवाफ प्रत्येक आपराधिक घटनाका लागि अनिवार्य छ । अनौपचारिक रूपमा प्रहरीले दिने फुटकर बयानले घटनालाई झनै रहस्यमय बनाएको छ ।

प्रहरी स्रोतको हवाला दिएर कोइरालाको बयान यसरी आएको छ, 'झगडा हुँदा खुट्टा तेस्र्याइदिएको थिएँ, छिर्केनी लागेर (गीता) ढली । निकैबेर नउठेपछि छाम्दा मृत्यु भइसकेको रहेछ ।' के यो बयानले हत्यालाई दुर्घटनामा बदल्न मद्दत गर्दैन ? यो बयान कोइरालाकै हो वा उनीसँग बयान गर्न खटिएका प्रहरीमा छँदाका उनका एकै ब्याजका सुरक्षा अधिकारीको ? यदि कोइरालाले यस्तै बयान दिएका हुन् भने, बयानकर्ता सहकर्मीले किन सोधेनन्, 'त्यसोभए प्रहरीलाई खबर गर्नुको साटो तिमी आफैं शव बोकेर किन जलाउन पुग्यौ ?

कोइराला आफैंले शव जलाएको तथ्य पनि घटनाक्रमले पुष्टि गरिसकेको छ तर प्रहरी बोल्दैन । 'मैले दिनहुँजसो एसपी साबहरूलाई रन्जनले गीतालाई हतियार प्रयोग गरेर, खुकुरी हानेर, घाँटी थिचेर वा कसरी मार्‍यो भनेर प्रश्न सोध्ने गरेको छु । तर उहाँहरूले केही दिन पर्खनुस् भन्दै जवाफ दिनुहुन्न,' बिहीबार साँझ पनि हनुमानढोका पुगेर फर्केका गीताका काका रेवन्त ढकालले भने, 'अहिले पनि रन्जनमाथि डीआईजीकै जस्तो व्यवहार भइरहेको देखिन्छ ।'

कोइरालाको बयानमा संलग्न थिए, उनका प्रहरीकालीन एकै ब्याजे सहकर्मी एसपीद्वय राजेन्द्र श्रेष्ठ र सुरेशविक्रम शाह । प्रहरी इन्स्पेक्टरमा एकैजस्तो समयमा भर्ना भए पनि सशस्त्रतिर लागेकाले कोइराला डीआईजी भए । श्रेष्ठ यतिबेला महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख छन् भने शाह महानगरीय अपराध महाशाखामा कार्यरत छन् ।

कतिपय सन्दर्भमा डरधाक देखाउनेदेखि सामान्य हातपातसमेत गरिन्छ, अनुसन्धानका क्रममा । प्रहरी यातनाका थुप्रै घटना सार्वजनिक भइसकेका छन् । तर हत्याजस्तो जघन्य अपराधमा संलग्न कोइरालामाथिको अनुसन्धानमा भने उनका 'मित्र' हरूलाई अघि सारियो र 'भन न यार' को शैलीमा बयान लिइयो । बयानकर्ताको छनोटमा पनि प्रहरीका हाकिमहरूले विवेक प्रयोग गरेको देखिएन ।

अनौपचारिक कुराकानीमा कोइरालाका प्रहरी सहकर्मीले सञ्चारमाध्यममा चुहाएको भनाइ पनि आश्चर्यजनक छ । उनीहरू भनिरहेका छन्, 'त्यसले -रन्जनले) कसरी यस्तो गर्‍यो, हामीलाई अझै विश्वास लागेको छैन । उसँग बयान लिँदा आँसु नै झर्‍यो, निकै दुःख लागिरहेको छ ।' कोइरालाले अपराध स्वीकारिसकेका छन्, यतिमात्रै भनिरहेका छैनन् कि कसरी गरे त्यो कुकर्म । तर उनका सहकर्मी बयानकर्ता भनिरहेका छन्, 'हामीलाई अझै विश्वास लागिरहेको छैन ।' अपराधीले अपराध कबुल गर्दा पनि नपत्याउने अधिकृतहरू अनुसन्धानमा खटिरहेका छन्, उनीहरूका हाकिमले विश्वाससाथ खटाइरहेका छन् ।

पत्रकार सम्मेलनका क्रममा पनि आफ्नो पि्रय 'मित्र' को कर्तुत भन्नुपर्दा आँखाबाट आँसु झर्ला भनेर पो डराइरहेका छन् कि अनुसन्धानकर्ताहरू ? प्रश्न उठ्नु स्वाभाविक छ । पत्रकार सम्मेलनमार्फत घटना सार्वजनिक नगरिनुमा अनुसन्धान पूरा नभएको बहाना बनाइरहेको छ, प्रहरीले । तर कोइरालासँग बिहीबारबाटै सरकारी वकिलले बयान लिन थालिसकेका छन् । यो अवस्था भनेको प्रहरीको अनुसन्धान सकिएपछिको हो ।

सरकारी वकिलले बयान लिन थालिसकेपछि प्रहरीको काम भनेको कोइरालालाई सुरक्षितसाथ हिरासतमा राख्नु र बयान चलुन्जेल सुरक्षासहित सरकारी वकिलको कार्यालयसम्म पुर्‍याउनु र ल्याउनुमात्र हो । बयान सकिएपछि सरकारी वकिलको कार्यालय आफैंले अदालतमा मुद्दा दायर गर्छ । त्यसैले अनुसन्धान नसकिएको प्रहरी तर्क आफैंमा हास्यास्पद छ ।

उच्च प्रहरीस्रोतका अनुसार आइतबार कोइराला पक्राउ परेको दिनभर 'मतियार' हरू खडा गर्ने कसरतमा समेत लागेका थिए, उनका शुभचिन्तकहरू । तर गीता हत्या प्रकरण कोइरालाको एक्लो सनकको परिणाम भएको सार्वजनिक भएपछि र घटनाक्रमबाट पनि त्यसो गर्न सम्भव नदेखिएपछि त्यो प्रयास तुहिएको थियो ।स्रोत:सरोजराज अधिकारी/कान्तिपुर

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!