Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes
Friday, April 11, 2025

कहिले हट्छ क्यालेण्डरबाट एक महिना ?

Published on: Tuesday, January 10, 2012 //



घडीतिथिअनुसार एक बर्षमा एक महिनानै बढि हुने अबस्था आएपछि सरकारले एउटा बर्षको एक महिना हटाउन थालेको योजना यो साल पनि पुरा नहुने भएको छ ।संस्कृति मन्त्रालयले गठन गरेको पर्व सुधार राष्ट्रिय कार्यदलको प्रतिवेदनअनुसार सरकारले दुई वर्षअघि नै २०६६ सालको चैत महिना हटाएर एकैपटक २०६७ साल शुरु गर्न सिफारिस गरेको थियो । यो सिफारिस सार्वजनिक भए लगत्तै ठूलो खैलाबैला भयो । एक महिना कसरी गायब हुन्छ भनेर सुन्ने छक्क परे । घडीतिथि मिलाएर पात्रो बनाउन ठीक्क परेका ज्योतिषीहरुले बिरोध गरे ।

अव्यवहारिक हुने भएकाले कार्यदलको सिफारिस लागू गर्न हुँदैन भन्ने दबाब बढ्दै गयो । फलस्वरुप सरकारले कार्यदलको सिफारिसअनुसार २०६६ साललाई ११ महिना बनाउने कुरा लागू गरेन । त्यसपछि सरकारले २०६९ सालको चैत महिना वा जेठ महिना हटाएर तिथिमिति मिलाउने योजना बनाएको थियो । तर, नयाँ क्यालेण्डर बन्ने बेला भइसक्दा पनि सरकारले एक महिना हटाउनेबारे कुनै निर्णय नगर्दा यस बर्षपनि सरकारी योजना पुरा नहुने भएको छ ।

‘कुरा त भएको हो, तर सरकारले निर्णय नगरेकाले पुरानै ढंगबाट हुन्छ’ संस्कृति मन्त्रालयका सहप्रवक्ता ऋषिकेश निरौलाले भन्नुभयो -’गृहमन्त्रालयले बिदाको बारेमा अध्ययन गरिरहेको छ, उसले पठाउने बित्तिकै १२ अैं महिना हुने गरी पात्रो बनाउने काम हुन्छ ।’ कतिपयले त अहिलेदेखि नै नयाँ वर्षको पात्रो र क्यालेण्डर बनाउन थालिसकेका छन् । यसरी यसवर्ष पनि कार्यदलको प्रतिवेदन लागू नहुने स्पष्ट भैसकेको छ ।

के थियो कार्यदलको तर्क ?

एकहजार ६ सय ५६ वर्षयता क्यालेन्डरमा परिवर्तन नभएकाले समायोजन गर्न एकैचोटी एक महिना सार्नुपर्ने कार्यदलको प्रस्ताव थियो । कार्यदलका सदस्य सचिव हरिनारायण मल्लका अनुसार २ हजार एकसय ५० वर्षमा ऋतु एकमहिना वर सर्छ । ‘हाम्रा पर्व ऋतुमा आधारित छन्, तर हामी पुरानै मितिअनुसार पर्व मनाइरहेका छौं’ उहाँले भन्नुभयो । उहाँका अनुसार हरेक दुई हजार एकसय ५० वर्षमा अयन गति अर्थात सूर्यको गति अनुसार निर्णय लिने पद्धति वर सर्ने हुँदा सूर्यको गति अनुसार पञ्चांग मिलाउनुपर्छ । तर एक महिना हटाउँदा पञ्चांग गणनाको क्रम टुट्न जाने र व्यवहारिक रुपमा कठिनाई हुने भन्दै ज्योतिषीहरुले बिरोध गर्दै आएका छन् ।

क्यालेण्डरबाट एक महिना नहटाएमा हामीले मनाउँदै आएका पर्वहरुसमेत अघि सर्दै जाने संस्कृतिबिद्हरुको तर्क छ । अन्य देशमा पनि समय मिलान र दिननै हटाउने जस्ता काम हुने गर्छन् । हालै दक्षिण प्रशान्त टापु टेकेलाउ र सामाओले अष्ट्रेलियासँग समय मिलान गर्न आफ्नो क्यालेण्डरबाट डिसेम्बर ३० तारिखको शुक्रबार हटाएर एकैपटक डिसेम्बर ३१ तारिख बनाएका थिए ।स्रोत:अनलाइन खाबर

0 comments for "कहिले हट्छ क्यालेण्डरबाट एक महिना ?"

Leave Reply

आफ्नो एक मात्र छोरी कवितालाई नायिका करिश्मा मानन्धर र उनका श्रीमान् बिनोद मानन्धरले अमेरिका पठाएका छन् । करिश्मा र बिनोदले छोरी कवितालाई वु...

विश्व

निशुल्क औषधीले ७० जनाको ज्यान गयो I

एजेन्सी,पाकिस्तानमा नक्कली औषधीका कारण ज्यान गुमाउने संख्या ७० पुगेको छ । पंजाब प्रान्तमा सरकारले उपलब्ध गराएको निशुल्क औषधीका कारण ज्यान ग...

नाईजेरियामा भएको सिलसिलाबद्ध बम विष्पोटमा मर्नेको संख्या एकसय ५० पुग्यो I

एजेन्सि, माघ ८,नाईजेरियाका दोश्रो ठूलो शहर कानोमा गत शुक्रवार भएको सिलसिलाबद्ध बम विस्फोटमा मारिनेको सख्या करिव १५० पुगेको छ । अस्पताल...

बम विष्फोटनमा सात जनाको ज्यान गयो, ५० भन्दा बढी घाईते I

एजेन्सी, माघ ७, नाईजेरियाको कानो शहरमा प्रहरी कार्यालय लगायत महत्वपूर्ण ठाउँमा श्रृंखलावद्ध बम विष्फोट हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ...
  • प्यालेस्टाइनका सभामुख ईजरायलको कब्जामा I
  • हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो I
  • अमेरिकी दूतलाई पाकिस्तानमा अस्वीकार I
  • पाकिस्तानमा सरकार-सेना विवाद चर्कियो I
  • पाकिस्तानमा सडक दुर्घटनामा सांसदको मृत्यु I
  • सीरियामा भएको प्रर्दशनमा २७ जनाको मृत्यु I
  • उड्दै गरेको हट एयर बेलुन बल्यो, पाइलट र ५ जोडीको मृत्यु I
  • Feed!

    विज्ञान प्रविधि

    गुगलको कमाइ सोँचेभन्दा कम I

    पछिल्लो तथ्यांकले इन्टरनेट कम्पनी गुगलको कमाइ अपेक्षा भन्दा कम भएको देखाएको छ । सन् २०११ को पछिल्लो त्रैमासिकमा गुगलको राजस्व वृद्धि २७ प्र...

    आवाजले चल्ने मोबाइल I

     एजेन्सी, नयाँदिल्ली, मोबाइल धेरै चलाउँदा औलामा समस्या भएको छ भने केही समय पर्खनुहोस् । भारतमा बोलेरै मोबाइल एसएमएस लेख्न सकिने प्रविध...
  • एनसेलको ग्राहक संख्या ७० लाख नाघेको अवसरमा ७ जना ग्राहकलाई १० लाख रुपैयाँका दरले नगद पुरस्कार दिने I
  • मानवीय स्वभाव अनुसार काम गर्ने ल्यापटप आउने I
  • टि्वटरले गुगलको परिवर्तनमा आलोचना I
  • भारतमा फेसबुकलाई प्रतिवन्ध लगाउने चेतावनी I
  • कहिले हट्छ क्यालेण्डरबाट एक महिना ?
  • RSS Feed!

    प्रवास

    हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो I

    एजेन्सी, माघ ६,शान्ति स्थापनाका लागि खटिएको नेटो सेनाको हेलिकोप्टर अफगानिस्तानमा दुर्घटना हुँदा ६ जना अमेरिकी सेनाको ज्यान गएको छ । बिहीबार...

    सीरियामा भएको प्रर्दशनमा २७ जनाको मृत्यु I

    एजेन्सी, पुस २४, सीरियाको छुट्टा छुट्टै स्थानमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । स्थानिय समन्वय समितिका अनुसार हो...
  • आत्मघाती बम आक्रमणमा ६ सुरक्षाकर्मीको ज्यान गयो I
  • प्रदर्शन भड्काउन अमेरिकाको हातः रुसी प्रधानमन्त्री पुटिन I
  • इजिप्टमा हिंसा चर्कियो
  • RSS Feed!

    मनोरञ्जन

    प्रियिमरसंगै परिचयको दौड I26 Jan 2012

    काठमाण्डौ, माघ १३, मुम्बई हानिए पश्चात परिचय मार्फत नेपाली सिनेमामा कमब्याक भएका अभिनेता निखिल उप्रेती अभिनित चलचित्र परिचय शुक्रबारदेखि दे...

    अभिनेत्री सुशिला रायमाझीको निधन I26 Jan 2012

    काठमाण्डौ, लामो समय देखि क्यान्सर रोगले पिडित अभिनेत्री सुशिला रायमाझीको बिहिबार दिउसो निधन भएको छ । पूरानो बानेश्वर निवासी रायमाझीको दिउसो...

    Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
    Feed!

    अन्तर्वार्ता

    'मिस यू' प्रेमको परिभाषा दिने चलचित्र हो : निर्माता/नायक दिलिप रायमाझी I

    नेपाली चलचित्र क्षेत्रमा कुशल अभिनेताको रूपमा दिलिप रायमाझीको नाम अग्रपंक्तीमा नै पर्दछ । दर्पणछायाँबाट एकाएक चम्किएका यि नायक अहिले पुन: द...