Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

कपडा फेर्ने कोठाका दृश्य टेलिभिजनमा आएपछि I

Published on: Tuesday, January 10, 2012 //



ब्राजिलको एक टेलिभिजन शो मा महिलाले कपडा फेर्ने कोठाका दृश्य प्रशारण भएपछि त्यसले ठूलो तहल्का मच्चाएको छ । एक कपडा पसलको चेन्जिङ रुममा महिलाहरुले कपडा फेरिरहेका अन्तरंग दृश्य सीसी टिभि क्यामरामा कैद गरी टेलिभिजनमा प्रशारण गरिएपछि त्यसले विवाद सिर्जना गरेको हो । यस्ता फुटेजहरु टेलिभिजनमा सार्वजनिक भएपछि सर्वसाधारण आक्रोसित समेत भएका छन् ।

टेलिभिजनबाट प्रशारण गरिएका दृश्यहरु निकै अनौठा देखिन्छन् । चेन्जिङ रुममा महिलाहरुले चुपचाप कपडा फेरिरहेको दृश्य मात्र भए त खासै रोचक हुने थिएन होला तर रिमोट कन्ट्रोलबाट चल्ने नक्कली मुसा छिराइदिएर कपडा फेरीरहेका महिलाहरुलाई त्रसित बनाएर उनीहरुको प्रतिक्रिया र हाउभाउ रेकर्ड गरिएको छ । एक्कासी मुसो देखेपछि कतिपय महिलाहरु पेन्टी र ब्रा मात्र लगाएर कोठाबाट आत्तिँदै बाहिर निस्किएको समेत देखिन्छ । भिडियोमा केही पुरुषहरु समेत देखिएका छन् ।

यु ट्युबमा राखिएको यो भिडियो अहिलेसम्म सबा लाख मानिसले हेरिसकेका छन् । मजाक गरेर बनाइएको यो भिडियोले गोप्यता हनन गरेको भन्दै सर्वसाधारणले टेलिभिजन शो विरुद्ध मुद्धा हालेको बताइएको छ ।स्रोत:अनलाइन खबर

भिडियो हेर्ने हो त !

0 comments for "कपडा फेर्ने कोठाका दृश्य टेलिभिजनमा आएपछि I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!