Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

अब फेसबुकमा पनि संगीत सुन्न पाइने

Published on: Friday, September 9, 2011 //

सामाजिक संजाल फेसबुकले आफ्नो प्रतिद्धन्दी एप्पलको आइ ट्यून्सलाई टक्कर दिन छिटै नयाँ सेवा सुरु गर्दैछ । केहीदिन अघि मात्र फोटो ट्यागिङ र सेयरिङ सम्बन्धि सुरक्षित सेवा सुरु गरेको फेसबुले अब अनलाइन संगीतको सेवा प्रदान गर्न लागेको हो ।यसअघि फेसबुक प्रयोग कर्ताले लिंक सेयर गरेर फेसबुकमै भिडियो, टेलिभिजन कार्यक्रम तथा फिल्म समेत हेर्न सक्ने व्यवस्था रहेकोमा अब अडियो गीतको लिंक सेयर गरेर फेसबुक वालमै अनलाइनबाट गीत सुन्न सकिनेछ ।

आउँदो सेप्टेम्बर २२ मा अमेरिकाको सन प|mान्सिस्कोमा हुने फेसबुकको विशेष वाषिर्क समारोहमा नयाँ सेवा घोषणा हुनेछ । यो सेवा लागु भएपछि फेसबुक प्रयोगकर्ताले म्युजिक लाइब्रेरीमा गएर आफुले चाहेको गीत सुन्न सक्नेछन् । केही गीतहरु निशुल्क सुन्न पाइने र केहीलाई भने पैसा तिर्नुपर्ने बताइएको छ ।

फेसबुकमा गीत सुन्नको लागि प्रयोगकर्ताले कुनैपनि नयाँ सफ्टवेयर डाउनलोड गर्नुपर्नेछैन ।फेसबुकको संगीत सेवाका लागि विश्वका धेरै चर्चित संगीत कम्पनीहरुलाई साझेदार बनाइने फेसबुक कम्पनीका प्रवक्ताले बताएका छन् । त्यसमध्ये स्विडेनको स्पोटिफाइ एक हुने बताइएको छ ।

0 comments for "अब फेसबुकमा पनि संगीत सुन्न पाइने"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!