ओबामाले समेत बाबुरामको शैली अपनाए
Published on: Saturday, September 10, 2011 //
बिश्वमा
भदौ २५ एजेन्सी । विश्वको प्रमुख शक्ति मुलुक अमेरिकामा पनि पछिल्लो समय छाएको मन्दी र यसले रोजगारमा पारेको असरबारे अमेरिकी राष्ट्रपति बाराक ओबामाले हाम्रो नेपालको शैली अपनाउदैँ नयाँ कार्यक्रम मार्फत् राहतको घोषणा गरेका छन् । अमेरिकी काँग्रेसको संयुक्त सभामा ओबामाले अमेरिकी मजदुर प्राध्यापक र सेवा निवृत्त सैनिक क्षेत्रमा रहेको बेरोजगारी हटाउने प्रतिबद्धता जनाए ।
रोजगारीका लागि ल्याइएको योजना पारित गर्न अमेरिकी काँग्रेससँग ओबामाले आग्रह गरेका छन् । अमेरिकी जब्स एक्ट नामक बेरोजगारसम्बन्धी योजनालाई विवादास्पद नबनाउन पनि उनले विपक्षी रिपब्लिकन पार्टीलाई आग्रह गरेका छन् । नयाँ योजनाका लागि साँढे चार अर्ब डलर लाग्ने भएकाले पारित गरिदिन अमेरिकी काँग्रेससँग पनि उनले अनुरोध गरेका छन् ।