Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

सौर्यमण्डलबाहिर पृथ्वी जत्रै दुई ग्रह भेटिए I

Published on: Tuesday, December 20, 2011 //

पुष ६ – खगोलविद्हरुले पहिलोपटक पृथ्वीकै आकारका २ वटा ग्रह पत्ता लगाएका छन् । सौर्यमण्डलबाट धेरै टाढा रहेका ती ग्रहहरुले सूर्यजस्तै एक तारालाई परिक्रमा गर्ने खगोलविद्हरुको भनाई छ ।

पृथ्वीका जुम्ल्याहा ग्रह जस्ता रहेका ती ग्रहमा इतिहासमा कुनै समय जीवको अस्तित्व रहेको हुनसक्ने खगोदविद्हरुले बताएका छन् । अध्ययन टोलीका प्रमुख तथा क्याम्ब्रिज विश्वविद्यालयको खगोलीय भौतिक विज्ञान केन्द्रका वैज्ञानिक डा. फ्रान्कोइस फ्रेसिनले पृथ्वीजस्ता ग्रहहरु पत्ता लगाउने विषयमा यसले नयाँ अध्याय शुरु गरेको बताउनुभयो ।

पछिल्लो खोज सौर्यमण्डल बाहिरका ग्रहहरुमा गरिएको खोजमध्ये अहिलेसम्मकै निकै महत्वपूर्ण खोज रहेको दाबी गरेका छन् । नयाँ फेला परेका ग्रहको नाम ‘केप्लर ट्वान्टी इ’ र ‘केप्लर ट्वान्टी एफ ’ राखिएको छ । उज्यालो नेटवर्क

0 comments for "सौर्यमण्डलबाहिर पृथ्वी जत्रै दुई ग्रह भेटिए I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!