Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

३ हजार जनासँग सेक्स गर्ने वेश्या गिरफ्तार

Published on: Friday, September 30, 2011 //

पेट पाल्नको लागि मानिसले के-के गर्नुपर्छ भन्ने कुरा चीनको एक घटनाले देखाएको छ । चीनमा एक जना वेश्याले पेट पाल्नकै लागि अहिलेसम्म ३ हजार जना पुरुष सँग सम्भोग गरेकी छिन् । तर बिचरा तिनै वेश्यालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दा पनि अचम्मै लाग्छ की कुनैपनि महिलाले यतिधेरै पुरुषसँग सम्भोग गर्न सक्छ । तर २२ वर्षमै एक महिलाले यति धेरै पुरुषसँग सुत्न भ्याएकी छिन् । रुओ जियोन नामकी ती महिलाले आफुले ३ हजार पुरुषसँग यौन सम्पर्क गरेको लगायतका यौन कहानी इन्टरनेटमार्फत पनि सार्वजनिक गरेकी छन् ।

अझ अनौठो कुरा त के भने प्रहरीले पक्राउ गरेपछि ती वेश्याको मोबाइल फोन चेक गर्दा चीनका एक से एक वरिष्ठ व्यक्तिहरु संग फोन सम्पर्क भएको पाइएको छ । त्यसैले जिओनको गिरफ्तारपछि ती वरिष्ठ व्यक्तहरुको बेचैनी बढेको छ । किनकी प्रहरी हिरासतमा जिओनले आफुसँग यौनसम्पर्क राखेका व्यक्तिहरुको नाम भन्दै जाँदा आफ्नो नाम पनि पर्ने डरले उच्च पदस्थ सरकारी अधिकारी , प्राध्यापक लगायतका मानिसहरुलाई निद्रा परेको छैन । प्रहरीले जिओनको मोबाइलमा रहेका नम्बरहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ जसबाट ती नम्बरवाला व्यक्तिहरु जिओनका ग्राहक भए नभएको पत्तो लाग्नेछ । पछिल्लो ७ वर्ष यौन व्यवसाय गरिरहेकी जिओनले यो बीचमा ३ हजार पुरुषसाग सेक्स गरेको स्विकार गरेकी छिन् , प्रहरीसामु । उनले आफ्नो पढ्ने इच्छा भएपनि बाध्यताबस यसो गरिरहेकेा बताइन् ।

ती बलवान वेश्याले आफ्नो कहानी इन्टरनेट मार्फत सेयर गर्ने गरेकी छिन् र यसमार्फत निकै चर्चित पनि बनेकी छिन् । इन्टरनेटमा उनका फलोअर १ लाख ७० हजार भएको तथ्यबाट पनि उनी कति लोकपृय रहेछिन् भन्ने प्रष्ट हुन्छ । जिओनले पछिल्लोपटक १६ सेप्टेम्बरमा इन्टरनेटमार्फत आफ्नो कुरा पोष्ट गरेकी छिन् । त्यसमा उनले आफ्नो एउटा ग्राहक रहेको जो कारभित्र सेक्स गर्न मन पराउने बताएकी छिन् । त्यस्तै एकजना प्रोफेसर पनि आफ्नो ग्राहक रहेको र ऊ किताब पढ्न निकै मन पराउने जिओन बताउाछिन् । जिओनका अनुसार उनको एकजना महिला ग्राहक पनि छ ।

0 comments for "३ हजार जनासँग सेक्स गर्ने वेश्या गिरफ्तार"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!