Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

भारतमा फेसबुकलाई प्रतिवन्ध लगाउने चेतावनी I

Published on: Thursday, January 12, 2012 // ,



काठमाडौं, पुष २९,

भारतको दिल्ली उच्च अदालतले सामाजिक सन्जाल फेसबुक र सर्च ईन्जिन गुगल ईन्डियालाई आपत्तिजनक सामग्रीमाथि नियन्त्रण नगरे प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । फेसबुक र गुगल ईन्डियाका प्रतिनिधीले आपत्तिजनक सामग्री राख्ने र हटाउने विषयमा अदालतमा दिएको बयान पछि अदालतले यस्तो चेतावनी दिएको हो ।

अदालतले आपत्तिजनक र अश्लिल सामग्रीमाथि नियन्त्रण गर्न सक्ने व्यवस्था तत्काल सुनिश्चित गर्न पनि आदेश दिएको छ । अदालतमा बहस गर्दै गुगल ईन्डियाका वकिलले बेवसाईटमा अश्लील तथा आपत्तिजनक र अपमानजक सामग्री रोक्न सम्भव नभएको तर्क गरेका थिए । उनले विश्वभरका अर्बौं मानिसले बेवसाईटमा आफ्ना विचार र सामग्री राख्ने स्वतन्त्र भएकाले त्यस्तो कार्य रोक्न नसकिने बताएका थिए ।

सरकारी वकिलले भने गुगल ईन्डियाको स्वामित्व अमेरिकामा रहेको गुगल ईन्कमा रहेको र उससँग कसले कति बेला कस्तो सामग्री पोष्ट गर्दैछ भन्ने थाहा पाउने प्रविधी रहेकाले त्यसलाई रोक्न मिल्ने जिकिर गरेका भारतीय सन्चारमाध्यमले जनाएका छन् ।उज्यालो नेटवर्क

0 comments for "भारतमा फेसबुकलाई प्रतिवन्ध लगाउने चेतावनी I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!