Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes
Thursday, April 10, 2025

पाकिस्तानमा सरकार-सेना विवाद चर्कियो I

Published on: Thursday, January 12, 2012 //



एजेन्सी, इस्लामावाद, पुस २८,

पाकिस्तानी सेनालाई दबाबमा राख्न अमेरिकासँग मद्दत मागेको भनिएको 'मेमो' लाई लिएर पाकिस्तानमा सरकार र सेनाबीच विवाद चर्किएको छ । प्रधानमन्त्री युसुफ रजा गिलानीले पद दुरुपयोग गरेको आरोपमा बुधबार सेनासँग निकट रक्षासचिव नइम खालिद लोधीलाई हटाएका छन् । सेनाले मेमो प्रकरणले गम्भीर परिणाम ल्याउने चेतावनी दिएलगत्तै प्रधानमन्त्री गिलानीले रक्षासचिवलाई हटाएका हुन् ।

नागरिक सरकार र सेनाबीच पुलको काम गरिरहेका लोधी अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल हुन् । उनको स्थानमा गिलानीले आफूनिकट क्याबिनेट सचिव नर्गिस सेथीलाई ल्याएका छन् । गत सोमबार एक चिनियाँ अखबारलाई अन्तर्वार्ता दिँदै गिलानीले सेना प्रमुख अस्फाक पर्वेज कयानी र गुप्तचर प्रमुख अहमद सुजा पासाले संविधानविपरीत काम गरिरहेको बताएका थिए । त्यतिबेला कयानी चीन भ्रमणमा थिए । यसलाई सेनाले आफ्नो छवि धमिल्याउने षड्यन्त्र ठानेको छ । मेमो प्रकरणमा सरकारी अनुमतिबिनै सेनाले अदालतमा वकपत्र बुझाएपछि गिलानी क्रुद्ध बनेका हुन् ।

सेनाद्वारा बुधबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइले गम्भीर परिणाम ल्याउन सक्ने उल्लेख छ । 'सेना र गुप्तचर प्रमुखविरुद्ध सम्माननीय प्रधानमन्त्रीले लगाएको आरोप योभन्दा थप गम्भीर हुन सक्दैन,' सेनाले भनेको छ, 'संविधान उल्लंघन भएको भन्दै अधिकृतहरूमाथि दुर्भाग्यपूर्ण रूपमा अभियोग लगाइएको छ ।'

प्रधानसेनापति कयानी मंगलबार चीन भ्रमणबाट फर्किएका थिए । लगत्तै गिलानीको आरोपप्रति गम्भीर चासो राख्दै उच्च सैन्य अधिकारीहरूसँग छलफल गरे । रक्षासचिवलाई अपदस्थ गरिएलगत्तै बुधबार कयानीले 'पि्रन्सिपल स्टाफ अफिसर्स' बैठक डाकेका थिए । उनले बिहीबार पनि उच्च कमान्डरहरूको बैठक राखेका छन् ।

प्रधानमन्त्रीले लोधीमाथि 'राज्यका निकायहरूबीच असमझदारी पैदा गरेको' आरोप लगाएका छन् । गत डिसेम्बर १५ मा मेमोगेटबारे सर्वोच्च अदालतमा सुनुवाइका क्रममा लोधीले पाकिस्तानी सेना र गुप्तचर निकाय (आईएसआई) मा रक्षा मन्त्रालयको कुनै नियन्त्रण नरहेको बताएका थिए । उनको यस भनाइको सरकारले कडा प्रतिक्रिया जनाएको थियो । प्रधानमन्त्री गिलानीले संसद्मा सम्बोधन गर्दै सेना र सरकारबीच कुनै मतभेद नभएको बताएका थिए ।

६ दशकको इतिहास भएको पाकिस्तानमा सेनाले पटक-पटक 'कु' मार्फत आधाभन्दा बढी समय शासन गरेको छ । त्यसैले मेमो प्रकरणमा चर्किएको विवादले पनि धेरैलाई सशंकित तुल्याएको छ । सर्वोच्च अदालतले मंगलबार मात्रै भ्रष्टाचार प्रकरणमा पाकिस्तानी राष्ट्रपति असिफ अली जर्दारी र प्रधानमन्त्री दुवैमाथि कारबाही हुन सक्ने चेतावनी दिएको थियो ।

दशक लामो सैन्य तानाशाहपछि २००८ मा राष्ट्रपति बनेका जर्दारीका लागि मेमोगेट काण्ड सबैभन्दा ठूलो संकट बनेको छ । शक्तिशाली र 'कु' मा कहलिएको पाकिस्तानी सेनाले यसलाई अवसरका रूपमा लिन्छ कि भन्ने धेरैको आशंका छ । यसैबीच सेनाले तत्कालै रावलपिण्डीस्थित इकाईको कमान्डर परिवर्तन गरेको छ । विगतका 'कु'हरूमा महत्त्वपूर्ण भूमिका खेलेको उक्त १११ बि्रगेडको नयाँ कमान्डर बि्रगेरियड जनरल सर्फराज अलीलाई बनाइएको छ ।

0 comments for "पाकिस्तानमा सरकार-सेना विवाद चर्कियो I"

Leave Reply

आफ्नो एक मात्र छोरी कवितालाई नायिका करिश्मा मानन्धर र उनका श्रीमान् बिनोद मानन्धरले अमेरिका पठाएका छन् । करिश्मा र बिनोदले छोरी कवितालाई वु...

विश्व

निशुल्क औषधीले ७० जनाको ज्यान गयो I

एजेन्सी,पाकिस्तानमा नक्कली औषधीका कारण ज्यान गुमाउने संख्या ७० पुगेको छ । पंजाब प्रान्तमा सरकारले उपलब्ध गराएको निशुल्क औषधीका कारण ज्यान ग...

नाईजेरियामा भएको सिलसिलाबद्ध बम विष्पोटमा मर्नेको संख्या एकसय ५० पुग्यो I

एजेन्सि, माघ ८,नाईजेरियाका दोश्रो ठूलो शहर कानोमा गत शुक्रवार भएको सिलसिलाबद्ध बम विस्फोटमा मारिनेको सख्या करिव १५० पुगेको छ । अस्पताल...

बम विष्फोटनमा सात जनाको ज्यान गयो, ५० भन्दा बढी घाईते I

एजेन्सी, माघ ७, नाईजेरियाको कानो शहरमा प्रहरी कार्यालय लगायत महत्वपूर्ण ठाउँमा श्रृंखलावद्ध बम विष्फोट हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ...
  • प्यालेस्टाइनका सभामुख ईजरायलको कब्जामा I
  • हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो I
  • अमेरिकी दूतलाई पाकिस्तानमा अस्वीकार I
  • पाकिस्तानमा सरकार-सेना विवाद चर्कियो I
  • पाकिस्तानमा सडक दुर्घटनामा सांसदको मृत्यु I
  • सीरियामा भएको प्रर्दशनमा २७ जनाको मृत्यु I
  • उड्दै गरेको हट एयर बेलुन बल्यो, पाइलट र ५ जोडीको मृत्यु I
  • Feed!

    विज्ञान प्रविधि

    गुगलको कमाइ सोँचेभन्दा कम I

    पछिल्लो तथ्यांकले इन्टरनेट कम्पनी गुगलको कमाइ अपेक्षा भन्दा कम भएको देखाएको छ । सन् २०११ को पछिल्लो त्रैमासिकमा गुगलको राजस्व वृद्धि २७ प्र...

    आवाजले चल्ने मोबाइल I

     एजेन्सी, नयाँदिल्ली, मोबाइल धेरै चलाउँदा औलामा समस्या भएको छ भने केही समय पर्खनुहोस् । भारतमा बोलेरै मोबाइल एसएमएस लेख्न सकिने प्रविध...
  • एनसेलको ग्राहक संख्या ७० लाख नाघेको अवसरमा ७ जना ग्राहकलाई १० लाख रुपैयाँका दरले नगद पुरस्कार दिने I
  • मानवीय स्वभाव अनुसार काम गर्ने ल्यापटप आउने I
  • टि्वटरले गुगलको परिवर्तनमा आलोचना I
  • भारतमा फेसबुकलाई प्रतिवन्ध लगाउने चेतावनी I
  • कहिले हट्छ क्यालेण्डरबाट एक महिना ?
  • RSS Feed!

    प्रवास

    हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो I

    एजेन्सी, माघ ६,शान्ति स्थापनाका लागि खटिएको नेटो सेनाको हेलिकोप्टर अफगानिस्तानमा दुर्घटना हुँदा ६ जना अमेरिकी सेनाको ज्यान गएको छ । बिहीबार...

    सीरियामा भएको प्रर्दशनमा २७ जनाको मृत्यु I

    एजेन्सी, पुस २४, सीरियाको छुट्टा छुट्टै स्थानमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । स्थानिय समन्वय समितिका अनुसार हो...
  • आत्मघाती बम आक्रमणमा ६ सुरक्षाकर्मीको ज्यान गयो I
  • प्रदर्शन भड्काउन अमेरिकाको हातः रुसी प्रधानमन्त्री पुटिन I
  • इजिप्टमा हिंसा चर्कियो
  • RSS Feed!

    मनोरञ्जन

    प्रियिमरसंगै परिचयको दौड I26 Jan 2012

    काठमाण्डौ, माघ १३, मुम्बई हानिए पश्चात परिचय मार्फत नेपाली सिनेमामा कमब्याक भएका अभिनेता निखिल उप्रेती अभिनित चलचित्र परिचय शुक्रबारदेखि दे...

    अभिनेत्री सुशिला रायमाझीको निधन I26 Jan 2012

    काठमाण्डौ, लामो समय देखि क्यान्सर रोगले पिडित अभिनेत्री सुशिला रायमाझीको बिहिबार दिउसो निधन भएको छ । पूरानो बानेश्वर निवासी रायमाझीको दिउसो...

    Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
    Feed!

    अन्तर्वार्ता

    'मिस यू' प्रेमको परिभाषा दिने चलचित्र हो : निर्माता/नायक दिलिप रायमाझी I

    नेपाली चलचित्र क्षेत्रमा कुशल अभिनेताको रूपमा दिलिप रायमाझीको नाम अग्रपंक्तीमा नै पर्दछ । दर्पणछायाँबाट एकाएक चम्किएका यि नायक अहिले पुन: द...