Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

आत्मघाती बम आक्रमणमा ६ सुरक्षाकर्मीको ज्यान गयो I

Published on: Saturday, December 24, 2011 // ,

– एजेन्सी पुष ९,

पाकिस्तानको खाइबर पख्तुन्ख्वा प्रान्तमा भएको आत्मघाती बम आक्रमणमा ६ जना सुरक्षाकर्मीको ज्यान गएको छ । अर्धसैनिक बललाई लक्षित गरी गराइएको आक्रमणमा परी अरु १२ जना घाइते भएको बीबीसीले जनाएको छ ।

खाइबरको बन्नु सहरबाट बजिरिस्तानको मिरानशाह सहर जोड्ने सडकमा गुडिरहेको अर्धसैनिक बलको गाडीमा आक्रमणकारीले बम लादिएको अर्को गाडी ठोक्काएर विस्फोट गराएको थियो । निकै शक्तिशाली विस्फोटका कारण आसपासका भवन र गाडीहरुमा समेत क्षति पुगेको स्थानीय प्रहरी अधिकारी मोहम्मद शाफिकलाई उद्धृत गर्दै एएफपीले लेखेको छ ।

विस्फोटपछि केही व्यक्तिहरुले फायरिङ समेत गरेका भएपनि त्यसबाट क्षति भने नपुगेको प्रहरीको भनाई छ । प्रहरी अधिकारीको भनाई उद्धृत गदै मृतकको संख्या बढ्न सक्ने बीबीसीले जनाएको छ । तालिवान विद्रोहीले आक्रमणको जिम्मा लिएको छ । अफगानिस्तान र पाकिस्तानको सिमा क्षेत्रमा पर्ने बन्नु सहर बजिरिस्थानबाट ४० किलोमिटर पूर्वमा पर्छ ।

0 comments for "आत्मघाती बम आक्रमणमा ६ सुरक्षाकर्मीको ज्यान गयो I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!