Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

फेसबुकमा नयाँ क्रान्ति – आइपुग्यो टाइमलाइन I

Published on: Wednesday, December 21, 2011 //


काठमाडौं, अझै पनि तपाईँ फेसबुक प्रोफइलकै कुरा गर्दै हुनुहुन्छ भने त्यो पुरानो भै सक्यो । कुरा बुझ्नु भएन ? फेसबुकले प्रोफाइलको सट्टा नयाँ फिचर ‘टाइमलाइन’ सुरु गरेको छ ।

यसै वर्षको सेप्टेम्बरमा अमेरिकाको सान्फ्रान्सिकोमा आयोजना गरिएको एफएट सम्मेलनमा केही नयाँ फिचर सहित सिमित व्यक्तिको लागि सार्वजनिक गरिएको फेसबुक टाइमलाइन फेसबुकले डिसेम्बर १५ देखि सबै फेसबुक प्रयोगकर्ताका लागि खुल्ला गरेको छ ।

के हो टाइमलाइन ?

‘यो तपाईँले बाँडेका र संग्रह गरेका जीवनका महत्वपूर्ण क्षणका विषय वस्तुहरुलाई खोज्ने सजिलो उपाय हो’, फेसबुकले टाइमलाइनका बारेमा आफ्नो आधिकारिक ब्लगमा लेखेको छ, ‘यसले तपाईँलाई तपाईँका अरु अनुभव समेत साट्ने अवसर दिने छ । जस्तैः तपाईँले सुनिरहेको गीत वा तपाईँ कति माइल दौडिनुहुन्छ भन्ने कुरा ।’

यो फेसबुक प्रोफाइल (जुन अब पुरानो भैसक्यो) कै नयाँ रुप हो जस्लाई झन सजिलो र रमाइलोसँग चलाउन सकिन्छ । तपाईँ आफुलाई राम्रो र महत्वपूर्ण लागेको कुरालाई फिचर गर्न सक्नुहुन्छ । टाइमलाइनमा तपाईँले फेसबुक चलाउन सुरु गर्नु भन्दा पनि पहिलाका घटना वा सम्झनाहरु मिति सहित राख्ने सुविधा पनि छ ।

त्यस्तै फेसबुक टाइमलाइनमा फेसबुक प्रयोगकर्ताले यसअघि पुगेका स्थानहरु नक्सा सहित देखाउन सकिन्छ । फेसबुकको प्रोफइलमा यसअघि राखिएका तर अहिले अनावश्यक लागेका स्टाटस अपडेट, फोटो, भिडियो तथा अन्य पोष्ट सजिलै टाइमलाइनमा हाइड गर्न पनि सकिन्छ ।

टाइमलाइन कसरी प्राप्त गर्ने ?

फेसबुकको आधिकारिक ब्लगका अनुसार फेसबुकका ८० करोड प्रयोगकर्ताले अबको एक हप्ता भित्रमा टाइमलाइन अपडेट प्राप्त गर्नेछन् । टाइमलाइनबाट तपाईँ आफ्नो साथीले फेसबुकमा गर्ने गतिविधि अझ सजिलोसँग जान्न र खोज्न सक्नुहुन्छ । तत्काल टाइमलाइन एक्टिभेट गर्न फेसबुक भित्र टाइमलाइन पेजमा गएर ‘गेट इट नाउ’मा क्लिक गर्न सकिन्छ ।
फेसबुकले ७ दिन रिभ्युका लागि टाइमलाइन दिन्छ । तपाईँ अरुलाई के देखाउने वा के नदेखाउने सेटिङबाट मिलाउन सक्नुहुन्छ । त्यसपछि सात दिनमा तपाईँको प्रोफइल आँफै टाइमलाइनमा परिणत हुन्छ ।

टाइमलाइनको आलोचना

कतिपय सामाजिक सञ्जालका आलोचकहरुले भने फेसबुकले विज्ञापनदाताहरुसम्म अझ सजिलोसँग पुग्न र प्रयोगकर्ताको बारेमा व्यक्तिगत सूचना प्राप्त गर्न टाइमलाइन ल्याएको बताएका छन् । यसअघि पनि फेसबुकलाई प्रयोगकर्ताहरुको व्यक्तिगत सूचना विज्ञापन एजेन्सीहरुलाई बेचेको आरोप लाग्ने गरेको थियो । उज्यालो नेटवर्क

0 comments for "फेसबुकमा नयाँ क्रान्ति – आइपुग्यो टाइमलाइन I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!