Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

अश्लिल सामाग्री हटाउन फेसबुकलाई निर्देशन I

Published on: Saturday, December 24, 2011 //

भारतको एक अदालतले फेसबुकसहितका सामाजिक नेटवर्किङ साइटहरुलाई आगामी फेब्रुअरी ६ सम्ममा अश्लिल सामाग्रीहरु हटाउन निर्देशन दिएको छ । जसमा फेसबुक, माइक्रोसफ्ट, गुगल, याहु, युट्युब पनि छन् ।

पाटियाला हाउस अदालतले विषयबस्तुहरु नहटाए मुद्धाको सामना गर्न पनि सामाजिक नेटवर्किङ साइटहरुलाई भनेको छ । अदालतले यसबारे तत्काल आवश्यक कदम चाल्न र १३ जनबरीसम्म लिखित रुपमा रिपोर्ट पेश गर्न केन्द्र सरकारलाई निर्देशन दिएको छ ।

सामाजिक नेटवर्किङ साइटहरुविरुद्ध तीन दिन पहिले मुद्धा परेको थियो । सुनुवाईका क्रममा अदालतले फेसबुक, गुगल र युट्युबलाई धर्म विरोधी र असामाजिक सामाग्रीहरु साइटमा नदेखाउने भनेको थियो । अदालतले भनेको छ, यसले धार्मिक भावनामा ठेस पुर्‍याउँछ ।

अर्को एक मुद्धामा सबै सामाजिक नेटबर्किङ साइटविरुद्ध अपराधिक मुद्धा परेको थियो । मुद्धामा ती साइटहरुमा विभिन्न धर्मका मानिसहरुको भावनामा ठेस पुर्‍याउन देपी देवताका अश्लिल फोटोहरु राखिएको आरोप लगाइएको छ । यस्तै राजनेताहरुविरुद्ध पनि अपशब्दहरु प्रयोग गरिएको छ । त्यसमा रहेको अश्लिल सामाग्रीहरु १८ वर्षभन्दा कम उमेरकाहरुले पनि हेर्ने गरेका छन् ।अनलाइन खबर

0 comments for "अश्लिल सामाग्री हटाउन फेसबुकलाई निर्देशन I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!