मेरो क्यारेक्टरले अहिलेको जेनेरेशनलाई प्रिजेन्ट गर्छः नायिका नम्रता I
Published on: Sunday, December 25, 2011 //
अन्तर्वार्ता
नम्रता श्रेष्ठ नेपाली सिने क्षेत्रमा कहिले व्यक्तिगत कारण त कहिले चलचित्रले चर्चामै हुनुहुन्छ । अध्ययन गरेकी र अभिनय क्षमता भएकी नायिकाका रुपमा नम्रतालाई लिने गरिन्छ । केही समय नेपाली चलचित्रमा नदेखिएकी नम्रता अहिले सुटिङमा व्यस्त हुनुहुन्छ ।नायिका नम्रतासँग सूर्यकुमार क्षेत्रीले गरेको कुराकानीः
नम्रता जी, हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
– अहिले भर्खरै एउटा मुभी सिध्याएँ । अब बैशाख जेठतिर अर्को गर्दैछु
।
सिने क्षेत्रलाई कसरी हेर्नु भएको छ ?
–धेरै राम्रो, ट्यालेन्टेड मान्छे आइरहेका छन् फिल्म क्षेत्रमा । डेफेनेट्ली अब नेपाली चलचित्र क्षेत्रमा उहाँहरुको योगदान रहनेछ । आइएम पोजिटिभ एबाउट इट ।
नेपाली सिनेमामा के सुधार गर्दा राम्रो होला जस्तो लाग्छ तपाईलाई ?
–अहिले त बिस्तारै चेञ्ज भैराछ । सबैले फिल्मको महत्व बुझ्नु भाको छ । त्यही हो सबै जना मिलेर काम गरिरहेका छौं । केही राम्रो गर्न मिहिनेत पनि जरुरी छ । फिल्म पनि बिजनेश नै हो । फिल्म चले फेरी बनाउने नचले नबनाउने भन्ने हुँदैन ।
तर विषय वस्तु त पुरानै छन् नि ?
–हालको कुरा गर्ने हो भने त निक्कै राम्रा सिनेमा बनेका छन् । नेपाली फिल्म पुरानै पाराले अघि बढेको छ भन्ने मलाई लाग्दैन् । अहिले पनि दुई तीन वटा फिल्म रिलिजको तयारीमा छन । गाना, फाइटलाई प्राथमिकता नदिइकन रियालिष्टक फिल्म धेरै बनेका छन नेपालमा पनि । तपाइँले भने जस्तै यसलाई नै पिन पोइन्ट गर्न मिल्दैन ।
तपाईले पछिल्लो समयमा अभिनय गरेको मिस यू चलचित्रको कथा र त्यसमा तपाइँको भूमिका चाहिं कस्तो छ नि ?
–अँ, मेरो भूमिका त एउटा इन्डिपेन्डेन्ट नेपाली नारीको छ । जो देश बाहिर बसेर देश चिनाउने प्रयासमा हुन्छ । र, अहिलेको जेनेरेशनलाई प्रिजेन्ट गर्छ मेरो त्यो क्यारेक्टरले । यो रोल गर्दा मलाई रमाइलो पनि भयो । आशा छ दर्शकले मन पराई दिनुहुनेछ ।
के अपेक्षा गर्न सकिन्छ यो फिल्मबाट ?
– अब फिल्म बनाउँदा त कस्ले नचलोस भनेर बनाउछ र ? जहाँ सम्म राम्रो चल्छ । लेट्स सी ।
त्यसो भए भगवान भरोसा ?
– भगवान भन्दा पनि एउटा डिभाईन पावर छ भन्ने लाग्छ । भगवान पनि हामीले नै नाम दिएको हो नि । जे होस् डिभाईन पावर छ ।
त्यसो भए रिल र रियल लाइफमा के फरक पाउनुभयो त ?
– रिल लाइफमा डाइरेक्टरले जे भन्यो त्यही गर्नुपर्छ रियल लाइफमा तपाईलाई जे मन लाग्यो त्यही गर्न पाउनुहुन्छ । रियल लाइफको भोगाइ नै रिल लाइफमा उतार्ने हो भन्ने लाग्छ मलाई ।
रुपरङ भएकाले मात्र काम गर्ने क्षेत्र हो भनिन्छ नि सिने क्षेत्रलाई ?
–मलाई थाहा छैन । एक्टर भनेको त फिल्ममा देखि हाल्छ नि । राम्री मात्रै भएर काम लाग्दैन । एक्टर भएर एक्टिङ्ग नै भएन भने त मतलव नै भएन नि ।
तपाईलाई मन पर्ने हिरो अनि हिरोइन को–को हुन ?
– सौगात मल्ल, अनि पुरानो एक्टरमा शिव श्रेष्ठ । हिरोइनमा तृप्ति नाड्कर ।
(प्रस्तुत उज्यालो अनलाइनका लागि सूर्यकुमार क्षेत्री)