संगालोको मोबाइल भर्सन सार्वजनिक I
Published on: Monday, December 26, 2011 //
विज्ञान प्रविधि
काठमाडौं, पुस ११,
सामाजिक वेबसाइट संगालो डट कमको निर्माता प्रिन्स्टन मिडियाले उक्त वेबसाइटको मोबाइल भर्सन सार्वजनिक गरेका छ । संगालोको मोबाई भर्सन आइ फोन, एन्ड्रोइड लगायत जुनसुकै फोनहरुमा पनि प्रयोग गर्न सकिने छ ।
संगालोको मोबाइल भर्सनबाट प्रयोगकर्ताहरुले बढी भन्दा बढी लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी निर्देशक सुलोचना कर्माचार्यले बताउनु भयो । उहाँका अनुसार मोबाइलको बढ्दो प्रयोग र उपयोगितासँगै प्रयोगकर्ताहरुको आवश्यकताहरुलाई ध्यानमा राखेर मोबाईल भर्सन सार्बजनिक गरिएको हो ।
साधारण भर्सनमा जस्तै मोबाईल भर्सनमा पनि प्रयोगकर्ताले आफ्नो स्टाटस परिवर्तन गर्न,फोटो अपलोड गर्न तथा हेर्न,ब्यक्तिगत इमेल पढन तथा पठाउने,समूह बनाउने,प्रतिक्रयाहरु हेर्ने लगायतका सम्पूर्ण सुविधाहरु प्र्रयोग गर्न सक्नेछन् ।
मोबाईल भर्सनले प्रयोगकर्ताहरुलाई जुनसुकै समयमा पनि आफ्ना साथीहरु तथा समूह वीच सम्बन्ध स्थापित गरिराख्न मदत पुग्ने कम्पीको विश्वास रहेको छ ।
मोबाईल भर्सनले संगालोको लोकप्रियतालाई अझै बढाउने निर्देशक कर्माचार्यले बताउनु भयो । साथै कम्पनीले निकट भविष्यमै मोबाईल भर्सनमै मोबाईल च्याट र किनमेल सुविधा पनि उपलब्ध गराउने कर्माचार्यले हाम्रो संसार डट नेटलाइ बताउनु भयो ।