कायरो, (एजेन्सी) नोभेम्बर २२,
सैनिकको बलमा नियुक्त मन्त्रिपरिषदले राजीनामा दिएको भोलिपल्ट आज पनि इजिप्ट अशान्त रह्यो । हजारौ इजिप्टबासीहरु कायरोको ताहिर स्क्वायरमा भेला भएकाछन् । प्रहरी र प्रदर्शनकारीबीच लगातार तीनदेखि चलिरहेको हिंसात्मक भिडन्तमा परि २८ जनाको ज्यान गएको छ भने अरु हजारौ प्रदर्शनकारी घाइते भएका छन् । अर्को हप्ता हुन लागेको चुनावप्रति बिश्वस्त हुन नसकेपछि नागरिकहरु प्रदर्शनमा उत्रिएकाछन् ।
सैनिक अधिकारीहरु प्रति नागरिकको बिश्वास छैन । प्रदर्शनकारीहरुले शंका गरेका छन् की चुनावको परिणाम जस्तो सुकै आएपनि सैनिक नेतृत्व शक्तिमा रहिरहन चाहान्छ । उता सैनिक अधिकारीहरु भने राजनीतिक दलका नेताहरुसँग वार्ता गरिरहेकाछन् । मन्त्रिपरिषदले राजीनामा दिएपनि त्यो स्विकृत भयो की भएन अहिलेपनि थाहा छैन ।
संभावित बिजेता मानिएको मुस्लिम ब्रदरहुड अन्तरगत फ्रिडम तथा इक्वालिटी पार्टीले पनि सेनासँग भईरहेको वार्तामा सहभागिता जनाइरहेको कुरा बीबीसीले जनाएकोछ ।