Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

जी फाइभका ४ नयाँ मोडल मोबाइल सेट

Published on: Tuesday, November 22, 2011 //

काठमाडौ, मंसिर ६,

जी फाइभ फोनको आधिकारिक वितरक कल मोबिलिटीले चार नयाँ मोडलको सेट बजारमा ल्याएको छ । कम्पनीका अनुसार खेल्ने सुविधायुक्त जी २० मोडलको सेटमा म्युजिक किज, २ जिबी मेमोरी कार्ड लगायत सुविधा छन् । यसको मूल्य ५ हजार ३ सय रुपैयाँ छ ।

एल २२९ मोडलको अर्को सेटमा ताररहित एफएम, लामो समय चल्ने ब्याट्री, लाउड स्पिकर, ३.५ मिमि लम्बाइको अडियो ज्याकको सुविधा छन् । यसको मूल्य २ हजार ८ सय ५० रुपैयाँ छ ।

यसैगरी यु २२६ मोडलको सेटमा मल्टिमिडिया, क्यामरा, ब्लुटुथ, जिपिआरएस लगायत सुविधा छन् । यस्तै भी १०१ एममा एनइएस गेम, उच्च क्षमताको क्यामरा, टर्च, जिपिआरएस लगायत सुविधा छन् ।

0 comments for "जी फाइभका ४ नयाँ मोडल मोबाइल सेट"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!