Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

सैनिक सरकार बिरुद्धको प्रदर्शनमा ईजिप्टमा १३ प्रदर्शनकारीको ज्यान गयो

Published on: Monday, November 21, 2011 //

एजेन्सी, मंसिर ६,

ईजिप्टको अन्तरिम सैनिक सरकारको बिरुद्ध प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले गोली चलाउँदा १३ जना प्रदर्शनकारीको ज्यान गएको छ । राजधानी कायारोमा भएको झपडमा ४० जना सुरक्षाकर्मी सहित झण्डै ९ सय जना घाईते भएका छन् । 

कायरोसँगै देशका अरु प्रमुख शहरहरुमा समेत प्रहरी र प्रर्दशनकारीबीच झडप भैरहेको बिबिसीले जनाएको छ । राष्ट्रपति होस्नी मुवारकको सत्ता त्यागपछि गठन भएको अन्तरिम सैनिक सरकारले सत्तामा आफ्नो कव्जा कायम राख्न खोजेको भन्दै सार्बसाधारण प्रर्दशनमा उत्रीएका हुन् ।

उनीहरुले सैनिक सरकार प्रमुख फिल्ड मार्सल हुसेनको राजिनामाको माग गरेका छन् । होस्नी मुवारकको सत्ता त्यागपछि हुन लागेको संसदीय चुनाबको एकहप्ता अघि ईजिप्टमा सरकार बिरोधी प्रर्दशन चर्किएको हो । प्रर्दशनकारीहरुले चुनाबअघि सैनिक सरकारको बर्खास्ती गरि अन्तरिम गैरसैनिक परिषद गठनको माग गरेका छन् ।

0 comments for "सैनिक सरकार बिरुद्धको प्रदर्शनमा ईजिप्टमा १३ प्रदर्शनकारीको ज्यान गयो"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!