Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

नृत्य निदेर्शक बन्ने सोचमा छु

Published on: Sunday, November 20, 2011 // ,

समिक्षा क्षेष्ठ
परदेशी जीबनलाई कर्मभूमि बनाए पनि उजाड मरुभूमिमा एउटा फुल आज फुल्न सफल भएको छ । आफ्ना बाध्यता बिवस्तासंगै मनभरि सपनाको पोको बोकेर परदेशिएका धेरै मध्ये थोरैले मात्र सफलताको गन्तब्य चुम्न सफल हुन्छन । (( हो यस्तै थोरै मध्य की एक हुन बिगत २ बर्ष अगाडि रोजगारको शिलशिलामा कतार भित्रिएकी तनहुँ जिल्ला दुलेगौडा ८ बेल चौतार निवाशी ३० बर्षकी समिक्षा क्षेष्ठ ।

तमु सांस्कृतिक परिवारले आयोजना गरेको गैर आवासीय नेपाली तारा २-2011"को नृत्य विधामा दितिय स्थान हासिल गरेपछी एकाएक उनी सफलताको शिखरमा पुगिन । आफ्नो सानै देखीको शोखलाई कतारमा पुरा गर्न पाएकोमा निकै खुशी ब्यक्त गर्ने समिक्षाले आगामी पाईलाहरु नृत्यमा नै नै समर्पीत गर्ने सोचमा छिन ।
मेहनत ,लगनशिलता र अनुसासनले मानीसलाई सफलताको शिखर चुमाउछ भन्ने ज्वलन्त उदाहरण हुन समिक्षा । उनै समिक्षासंग कतारका हाम्रो संसार संवाददाता  भोला थापा क्षेत्री  गरेको छोटो भलाकुसारी ।


कति वर्ष देखि कतारमा रहदै आउनु भएको छ रु यहाँ आउनु भन्दा अघि नेपालमा के गर्नु हुन्थ्यो ?

म विगत २ वर्ष देखी कतारमा कार्यरत छु ,यहाँ आउनु भन्दा पहिला नेपालमा आºनो परिवार सगँ घरयासि काम मा ब्यस्त थिए । ब्यस्तताको बाबजुद पनि समय निकालेर भए पनि नृत्य देखाउन चाही जान्थे । नृत्य मेरो सानै देखी को सोख हो  । 

कलाकारीता क्षेत्रमा कहिले देखी लाग्नु भएको हो ?
म विगत १० वर्ष देखी कलाकारित क्षेत्रमा लागेको हुँ ।

यस क्षेत्रमा पाएको पहिलो सफलता गैर आवासिय नेपाली तारा दोस्रो नै हो र?
हजुर यही नै हो ।

गैर आवासिय नेपाली तारा दोस्रो हुदा कस्तो महशुस गर्नुभयो ?

मैले एक दम खुसी महशुस गरे मलाई जो नेपालमा नपाएको अवसर आजा   कतारमा आएर यस क्षेत्रको सफलता मिल्यो म खुसीले समालिन सकेकी थिइन । साथै मलाई अझै राम्रो गरेर यस क्षेत्रमा निरन्तरता दिने सोच पनि आयो । उर्जा थपियो । 


तपाईले के कस्तो नृत्यमा आफ्नो प्रस्तुती देखाउनु भएको थियो?

मैले धेरै नृत्यहरुमा आºनो प्रस्तुती देखाए तर धेरै लोक दोहरी गितमा देखाएकी छु ।

 भाविश्यको लागि के योजना बनाउनु भएको छ ?
म १० वर्ष देखी यो क्षेत्रमा लागेकीले मलाई राम्रो नृत्य निदेर्शक बन्ने रहर छ र सोचेकी छु । हेरौ समयाले के कस्तो पार्छ ।

कतारमा स्टेज कार्यक्रमहरु कहाँ कहाँ नृत्य  प्रस्तुती गर्नु भयो त?

मैले विगत २ वर्षको अवधिमा धैरै स्टेजहरुमा आफ्नो नृत्य दर्शक सामु पस्की सकेकी छु जसमा दोहा सिनेमा हल , सिटी पल्जा ,केरला कल्चर आदि प्रमूख हुन् ।

फ्रिरीमा देखाउनु हुन्छ वा पारिश्रमीक लिने गर्नुभएको छ ?
यस क्षेत्रमा पहिला पहिला त म फ्रिमा पनि देखाउने गर्थे अहिले चाही म आफुले यति दिनु पर्छ भन्दीन निमन्त्रणलाई स्विकार गरि उहाहरुले दिएको फल चाही लिने गर्दछु ।

कुनै संघ संस्थाहरुमा आवद्ध हुनुहुन्छ की?
म कास्कि आदर्श सेवा समाज को परिधीमा रहेको फेवा सास्कृति सेवा समाजमा आवद्ध छु ।

परिवारको स्वृकितमा नै आउनु भएको हो ?
हजुर म मेरो श्रीमान अमर बहादुर रोकाय साथै मेरो आमा बुबा को स्विकृतिमा नै कतार आएकी हु

कतारमा आएर के पाए के गुमाए जस्तो लाग्छ ?

खासै गुमाएकी त केही जस्तो लाग्दैन मेरो प्यारो छोरो को मायाँ अति आउछ र आºनो परिवार सगँ बस्ने समय गुमाए तर जहा सम्म मलाई कतार ले गुमाउनु भन्द पनि दिलाएको नै बढी छ किनकी म १० बर्ष सम्म को मेरो मेहनत को फल आज यस देशमा आएर सम्पुर्ण दाजुभाई तथा दिदी बहिनि  बाट पाए यसलाई गुमाएको भन्न मिल्दैन पाएकी नै भन्छु ।

यहा नेपाली दाजुभाईहरुबाट कस्तो ब्यवहार पाउनु भएको छ ?
भनिन्छ आफु भलो संसार भलो त्यस्तै आज सम्म दाजु भाई दिदी बैनी बाट राम्रो ब्यावहार पाएकी नै छु खासै त्यस्तो केही नराम्रो चाही भएको जस्तो मलाई लाग्दैन ।


काम र तलब बाट सन्तुष्ट हुनुहुन्छ ?
हुन त पैसाले मान्छेलाई कहिल्यै पुग्दैन फेरी पनि मेरो क्षमता हेरी म अन्त्यन्दै सन्तुष्ट छु ।

यस क्षेत्रमा कस्को प्रेरणाले आउनु भयो?
विषेश गरेर मेरो दाजु दिल कुमार श्रेष्ठले यस क्षेत्रमा मलाई ल्याउनु भएको हो । म उहाको प्रेरणाले गर्दा नै यस क्षेत्रमा आएकी हु ।

तपाईले राम्रो नृत्यसंगै यहाँ काम पनि गर्नु हुन्छ । नृत्य र कामलाई कसरी ब्याबस्थापन गर्नु भएको छ ?
मान्छेको शरिरलाई जति सुःख दिए पनि झन मातिन्छ त्यसैले मलाई यस क्षेत्रमा अभिरुची भएको ले मेरो डिउटीलाई पनि निरन्तरता दिदै समयाको बाबजुत यस लाई पनि समय निकान्छु यो सबै आफुमा भर पर्ने कुरा हो ।


तपाईले नृत्य बिधालाई आम्दानीको स्रोतको रुपमा लिनु भएको छ कि छैन् ?

भन्नु पर्दा पहिला भन्दा अहिले यस क्षेत्रलाई मेहेनत अनुसार आम्दानीको स्रोतमा पनि लिएको छु ।


अन्त्यमा प्रवासी नेपाली दाजु भाई दिदी बैनीलाई केही भन्न चाहानु हुन्छ?
तपाईहरुको साथ सहयोगले नै म यो स्थानमा पुगेको हु, त्यसैले आगामी दिनहरुमा पनि तपाईहरुको साथ सहयोगको अपेक्षा गरेको छु। प्रवासमा हामी कमाउन आएका हौं, जुन देशमा बसेका छौ त्यो देशको नियम र कानुनमा बाधिएर बस्नुहोला , प्रवासमा धेरै नबस्नु होला छोटो समयामा नै आºनो कमाईलाई सदुपयोग गरि नेपालमा गई केही ब्यावसाय गरि बस्दा राम्रो हुन्छ, जाड रक्सी ताथ जुवा तासमा नलाग्नु होला । आºनो परिवारको स्थितीहेरी घरको के कस्तो समस्या छ त्यसलाई सम्झी कमाई चाडै नेपाल पु–याउने गर्नु होला र मलाई समिक्षा श्रेष्ठ भनेर चिन्नु हुने नेपाली दाजु भाई दिदी बहिनि लाई धेरै सम्झाना भन्न चाहान्छु ।

प्रश्तुत: भोला थापा क्षेत्री

0 comments for "नृत्य निदेर्शक बन्ने सोचमा छु"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!