Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

पूर्व शासक कर्नेल मआमर गद्दाफीका छोरा सैफ पक्राउ

Published on: Saturday, November 19, 2011 //

— एजेन्सी, मंसिर ३,

लिबियाको अन्तरिम सरकारले पूर्व शासक कर्नेल मआमर गद्दाफीका छोरा सैफ अल इस्लाम पक्राउ परेको बताएको छ । सैफलाई उनका अंग रक्षक सहित दक्षिणी मरुभूमि क्षेत्रबाट पक्राउ गरिएको अन्तरिम सरकारका कानुनमन्त्री मोहम्मद अल अलाग्गीले पुष्टि गरेका छन् ।

‘सैफ अल इस्लामलाई हामीले उबारी क्षेत्रबाट पक्राउ गरेका छौँ’, लिबियाका कानुनमन्त्री अलाग्गीले भन्नुभयो । गिरफतार गरिए पस्चात सैफलाइ जिन्तान शहर लगिएको लिबियाली अधिकारीहरुले जनाएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको लिबियाका न्यायमन्त्रीले बताएका छन् ।

अगस्टमा अन्तरिम परिषद गठन भएदेखी सैफ वेपत्ता थिए । सैफ अन्तराष्ट्रिय अपराध न्यायालयको मानवता विरोधी आपराधिको सूचिमा सूचिकृत छन् । सैफ माथि आफ्ना बाबुको शासनकालमा मानवता बिरोधी काम गरेको भन्दै युद्ध अपराधको आरोपमा अन्तराष्ट्रिय फैजदारी अदालतमा मुद्दा चलिरहेको छ । सैफले वावुको कार्यकालमा मानवता विरोधि काम गरेकाले अन्तराष्ट्रिय अपराध न्यायालयले उनीविरुद्ध वारेन्ट जारी गरेको थियो ।

सैफ पक्राउ परेको अवसरमा राजधानी त्रिपोलिमा हज्जारौले खुशियाली मनाएका छन् । यो कर्णेल गद्दाफीको मृत्यु पछिको दोस्रो सफलता भएको लिबीयाली सेनाले दावी गरेको छ । कर्नेल मोआमर गद्दाफी एक महिना अघि आफ्नै गृहनगर सिर्तेमा मारिएका थिए ।

0 comments for "पूर्व शासक कर्नेल मआमर गद्दाफीका छोरा सैफ पक्राउ"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!