Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

राजाको विरुद्ध सन्देश पठाउनेलाई २० वर्ष जेल सजाय

Published on: Wednesday, November 23, 2011 //

बैंकक (एजेन्सी) मंसिर ७,

थाइल्याण्डका राजा भूमिबोलका विरुद्धमा सन्देश(एसएमएस) पठाउने एकजना थाई नागरिकलाई २० वर्षको जेल सजाय सुनाइएको समाचार छ ।थाइल्याण्डका राजा भूमिबोल अद्युल्यादेजको मानहानी हुने खालको सन्देश पठाएको भन्दै त्यहाँको अदालतले आज सो सजाय सुनाएको समाचारमा जनाइएको छ । थाई नागरिक अम्पोन ताङ्गनोपाकुललाई उनले पठाएको सो सन्देशबाट त्यहाँका राजाको मानहानी भएको ठहर गर्दै त्यहाँको अदालतले आज सो सजाय सुनाएको बताइएको छ ।

सन् २०१० को मे महिनामा ती नागरिकले तत्कालीन प्रधानमन्त्री अभिजित भिजाजिभाका स्वकीय सचिवलाई उनका मोबाइल फोनमा सो सन्देश पठाएका थिए ।बैंककको एक अपराधिक मुद्दा हेर्ने अदालतले उनलाई थाइल्याण्डमा विद्यमान राजसंस्थाको सम्मानसम्बन्धी कानुनबमोजिम दोषी ठह¥याएको बताइएको छ ।

अदालतले यही निहूँमा उनलाई दोषी ठहराएको छ र २० वर्षको सजाय दिएको छ– उनका वकिल अनोन नामपाले बताए । उनका अनुसार अब सो निर्णयका विरुद्ध तीस दिनभित्रमा पुनरावेदन गर्ने पनि अधिकार रहेको वकिलको भनाइ छ । राजतन्त्रात्मक मुलुक थाइल्याण्डमा राजाको मानहानी हुने खालका समाग्री प्रकाशन र प्रशारण गर्न प्रतिबन्ध गरिएको छ ।

0 comments for "राजाको विरुद्ध सन्देश पठाउनेलाई २० वर्ष जेल सजाय"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!