Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

फेसबुकमा जस्तै सुविधा भएको सामाजिक साइट

Published on: Wednesday, November 23, 2011 //

काठमाडौं, मंसिर ७,

नेपालबाट फेसबुकमा जस्तै सम्पूर्ण सुविधासहितको अर्को सामाजिक सञ्जाल वेबसाइट सँगालो डट कम सञ्चालनमा आएको छ ।पि्रिन्सटन मिडियाले यस्तो वेबसाइट विकास गरी सार्वजनिक गरेको हो । यसमा प्रयोगकर्ताको गोपनीयतालाई जोड दिइएको कम्पनीका निर्देशक सुलोचना कर्माचार्यले बताइन् । उक्त साइटमा अकाउन्ट र वाल पोस्टिङमा फरक फरक ढंगले गोपनीयता सेट गर्न सकिने सुविधा छ ।

उक्त वेबसाइटमा वाल पोस्टिङ, ग्रुप च्याट, प्राइभेट च्याट, भिडियो, संगीत लगायत प्रयोगकर्ताले आफ्ना सूचनाहरू पोस्ट गर्न सक्छन् । त्यसैगरी ग्रुप बनाउने, पेज बनाउने लगायत सुविधा छन् । यसमा प्वाइन्ट्स, किनबेच र उपहारको थप सुविधा छ । प्रयोगकर्ताले रजिस्ट्रेसन गरिसके पछि साइटमा गर्ने क्रियाकलापका आधारमा प्वाइन्ट थपिँदै जान्छ । ती प्वाइन्टलाई प्रगयोगकर्ताले गिफ्ट पठाउने लगायत प्रायोजनका लागि प्रयोग गर्न सक्छन् ।

त्यस्तै गरी प्रयोगकर्ताले अन्य प्रयोगकर्ताका सामान किन्न र आफ्नो सामान बिक्रीका लागि राख्न सक्छन् । सँगालोमा तीन लेबलका युजर रहेको कर्माचार्यले बताइन् । रजिस्ट्रर गर्ने बित्तिकै युजर साधारण लेबलमा प्रवेश गर्छ । त्यसपछि युजरको क्रियाकलाप र प्वाइन्ट्स आर्जनसँगै स्मार्ट र एड्वान्स लेबलमा प्रवेश गर्न सक्छ । उनका अनुसार एड्भान्स लेबलमा प्रयोगकर्ताले विज्ञापन रहित सुविधाहरूको उपभोग गर्न पाउँछ ।

परीक्षणसहित बाहिर ल्याइएको यो वेबसाइट एकैचोटि १० हजार भन्दा बढीले चलाउन सक्ने कम्पनीले जनाएको छ । सञ्चालमा आएको एक महिना अगावै ६ सय ३० सदस्य भएको मार्केटिङ म्यानेजर सुमन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले वेबसाइटलाई यूजर फ्रेण्डली बनाउन हाल अमेरिकामा रहँदै आएको होस्टिङ नेपालबाटै गर्ने तयारी रहेको जानकारी दिए ।





स्रोत : कान्तिपुर दैनिक


0 comments for "फेसबुकमा जस्तै सुविधा भएको सामाजिक साइट"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!