अमेरिकी गुप्तचर पक्राउ
Published on: Thursday, November 24, 2011 //
बिश्वमा
परमाणु कार्यक्रम रोक्न अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला ईरानमा सैन्य र परमाणु कार्यक्रमबारे जासुसी गरेको आरोपमा १२ जना अमेरिकी गुप्तचर पक्राउ परेका छन् । ईरानी अधिकारीहरुले ईजरायली संगठनसंग मिलेर परमाणु कार्यक्रमबारे जासुसी गर्नेहरुलाई पक्राउ गरिएको बताएका छन् । उनीहरुले पक्राउ पर्ने सबै अमेरिकी गुप्तचर संस्था सिआईएमा आबद्ध रहेको दावी गरेका छन् ।
ईरानी राष्ट्रिय सुरक्षा तथा वैदेशिक नीति सम्बन्धि समितिका सदस्य परविज सोरौरीले सिआईएका एजेन्टले ईरानलाई ध्वस्त पार्ने गरी क्षेत्रिय रुपमा जासुस खटाएको भन्दै सरकारी अनुसन्धान बलियो भएकाले भाग्यवश कुनै दुर्घटना हुन नपाएको प्रतिक्रिया दिएका छन् ।
अमेरिकाले भने ईरानी आरोप असत्य भएको दावी गरेको छ । ईरानले हतियार निर्माणका लागि परमाणु कार्यक्रम सन्चालन गरेको भन्दै अमेरिका, बेलायत लगायतका देशले कार्यक्रम रोक्न चर्को दबाब दिईरहेका छन् । ईरानले भने शान्तिपूर्ण परमाणु कार्यक्रम सन्चालन गरेको दावी गर्दै आईरहेको छ । उज्यालो नेटवर्क