Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

'मिस यू' प्रेमको परिभाषा दिने चलचित्र हो : निर्माता/नायक दिलिप रायमाझी I

Published on: Monday, January 9, 2012 //



नेपाली चलचित्र क्षेत्रमा कुशल अभिनेताको रूपमा दिलिप रायमाझीको नाम अग्रपंक्तीमा नै पर्दछ । दर्पणछायाँबाट एकाएक चम्किएका यि नायक अहिले पुन: दर्पणछायाँको छाप दर्शकलाई छोड्ने शुरमा छन् । कारण उनले निर्माण गरेको ड्रिम प्रोजेक्ट चलचित्र 'मिस यू' रिलिजको क्रममा छ । प्रस्तुत छ यिनै नायकसँगको 'मिस यू' कुराकानी -

मिस यूले कत्तिको व्यस्त बनाएको छ ?
म आफैं निर्माता भएकाले रिलिजको दौडधुपमा नै व्यस्त छु ।

रिलिजका लागि भ्यालेनटाईन विक अर्थात फाल्गुन ५ नै किन रोज्नु भयो ?
वास्तवमा भन्दा 'मिस यू' प्रेमको परिभाषा दिने चलचित्र हो । चलचित्रमा नायिका नम्रता श्रेष्ठको डाईलग नै छ, 'कसैले भनेका छन् सच्चा साथीमा भगवानको रूप हुन्छ रे ! त्यसैले साथीलाई मनमा हैन मन्दिरमा राख्नु पर्छ ।' प्रेमको अर्थ दिने चलचित्र भएकाले पनि हामीले रिलिजका लागि भ्यालेनटाईन विक रोजेका हौं । अझ चलचित्रको प्रिमियर त भ्यालेनटाईन डे कै दिन गर्दछौं ।

केहि दिन अगाडी चलचित्रको गीत तथा पोस्टर सार्वजनिक गरिएको थियो । कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
मैले सोचेको पनि थिईन कि यति राम्रो प्रतिक्रिया पाउँछु भनेर । अहिलेसम्म हामीले जे जति कुरा सार्वजनिक गर्‍यौं ति सबैलाई दर्शक तथा शुभचिन्तकहरूले एकदमै रूचाईदिनु भएको छ । तपाईंले नै देख्नु भएको छ यहि फिल्मीखबरले रिलिज गरेको गीतलाई ५ दिनमा ५ हजार भन्दा बढि दर्शकले हेरि सक्नुसक्नु भएको छ । हामी एकदमै एक्साईटेड भएका छौं ।

मिस यूलाई त दर्पणछायाँको प्रतिबिम्बको रूपमा पनि हेरिएको छ भनिन्छ । तपाईंलाई के लाग्छ ?
कथा र पात्रको हिसाबले भन्न मिल्छ तर मेकिङ र प्रस्तुतीका हिसाबले मिस यू धेरै अगाडी छ । तर पनि दर्पणछायाँले जुन प्रभाव दर्शकमाझ छोडेको थियो र दिलिप रायमाझीलाई चिनाएको थियो यो चलचित्रले पनि एउटा अर्को इतिहास रच्ने छ र दिलिप रायमाझी मात्र हैन चलचित्र उधोगले नै गर्वको अनुभुति गर्नेछ भन्नेमा म बिश्वस्त छु ।'

मिस यूको सबैभन्दा सबल पक्ष के होला ?
हामीले मेकिङमा कुनै पनि कम्प्रमाईज गरेका छैनौं । त्यसैले मलाई लाग्छ चलचित्रको हरेक पक्ष सबल छ ।

मिस यूले धेरैको भविष्य बोकेको छ भनेर पनि हेर्ने गरिएको छ नि !
यो कुरा एकदमै सत्य हो । पहिलो कुरा त मेरो लागी यो ड्रिम प्रोजेक्ट नै हो । दोस्रो कुरा नायिका नम्रता श्रेष्ठलाई लामो समयपछि कम व्याक गराईंदै छ । र, तेस्रो कुरा निर्देशक सुरेशदर्पण पोखरेलको पनि यो ड्रिम प्रोजेक्ट नै हो । किनकी उहाँको निर्देशन क्षमता यस चलचित्रले देखाउने छ ।

अर्को चलचित्र निर्माणका बारेमा के सोच्नु भएको छ ?
मिस यू हिट भएपछि अर्को चलचित्र पक्कै बनाउने छु । तर अहिले म मिस यू कै बारेमा सोच्ने छु । किनकी यसमा मेरो जीवनभरको परिश्रम खनिएको छ । आगामी दिनमा दर्शकलाई निराश पार्ने भने छैन । किनकी यो नै मेरो कर्मथलो हो ।फिल्मीखबरHamro sambandha-MISS U(Premiere)

0 comments for "'मिस यू' प्रेमको परिभाषा दिने चलचित्र हो : निर्माता/नायक दिलिप रायमाझी I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!