Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

गुगल रहस्य

Published on: Monday, August 1, 2011 //

प्रदीप न्यौपाने, संसारको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी गुगलले विज्ञापन कमाइको रहस्य खोलेको छ । भारतीय मूलका गुगल अधिकारीले आफ्नो ब्लगमा लेखेका छन्— कम्पनीले कसरी राजस्व संकलन गर्छ ? गुगलबाट लामो समयदेखि यो पारदर्शिताको अपेक्षा गरिएको थियो । गुगलले यसको खुलासा गर्दै भनेको छ— विज्ञापनबाट उसको कमाइको आधाभन्दा बढी हिस्सा त्यो वेबसाइटमा जान्छ, जसमा गुगलको विज्ञापन प्रकाशित हुन्छ । गुगलले आफ्नो सहायक कम्पनी ऐडसेन्सको माध्यमबाट इन्टरनेटमा विज्ञापन पोस्ट गर्छ ।

कम्पनीको उत्पादन-व्यवस्थापनको वाइस प्रेसिडेन्ट नील मोहनले आफ्नो ब्लगमा विज्ञापनबाट हुने कमाइको बेहोरा प्रकाशित गर्दै कसले कति पैसा पाउँछ भन्ने कुरा पनि लेखेका छन् । मोहनका अनुसार गुगलले मुख्य रूपमा दुई प्रकारको विज्ञापन दिन्छ र दुवैको जिम्मा ऐडसेन्ससँग छ ।

कुनै इन्टरनेट साइटमा अनलाइन आर्टिकलका साथमा गुगलको विज्ञापन हुन्छ, त्यो कन्टेन्ट एडसेन्सको टुल हुन्छ, जसलाई इन्टरनेट युजर्स 'ऐड्स बाई गुगल' को नामले चिनिन्छ । दोस्रो अलग-अलग वेबसाइटमा गुगल सर्चको विकल्प हुन्छ, जसलाई सर्च गरिने एडसेन्सको टुलबाट नियन्त्रित गरिन्छ । गुगलले भनेको छ, उसले आफ्नो काममा पारदर्शिता ल्याउन आफ्नो कमाइको मन्त्र बताएको हो । नील मोहनका अनुसार- जसले वेबसाइट कन्टेन्टका साथ गुगलको विज्ञापन लगाउँछ, उसलाई राजस्वको ६८ प्रतिशत हिस्सा प्रदान गरिन्छ, जबकि सर्च प्रोग्राम लगाउने वेबसाइटलाई ५१ प्रतिशत । सबै हिसाब-किताब उक्त वेबसाइटको माध्यमबाट कति मानिसले गुगलमा सर्च गरेका छन् भन्ने कुराबाट लगाइन्छ ।

मोहनले लेखेका छन्— कन्टेन्ट एडसेन्सको सुरुवात २००३ मा भएको थियो र त्यस बेलादेखि कुनै परिवर्तन गरिएको छैन । सर्चको एडसेन्स-२००५ मा एकपटक परिवर्तन गरिएको थियो, तर त्यस बेला वेबसाइटको भाग बढाइएको थियो । गुगलले स्पष्ट भनेको छ— यसको अर्थ यो होइन कि भविष्यमा यो साझेदारीलाई बदल्न सकिँदैन । मोहनले ब्लगमा लेखेका छन्, 'हाम्रो यो पारदर्शिताले गुगलसँग कारोबार गर्न अझ सहयोग मिल्नेछ । हामीले बुझेका छौं— हाम्रो राजस्वको साझेदारी ज्यादै प्रतियोगात्मक छ र जसले यसमा विज्ञापन दिइरहेका छन्, उनीहरूलाई प्रत्येक क्लिकका साथ थप आम्दानी हुन्छ ।'

गुगलले मोबाइल, गेम्स र समाचारका लागि पनि विज्ञापन दिन्छ, तर ब्लगमा त्यसको जानकारी दिइएको छैन । साभार :- साप्ताहिक

0 comments for "गुगल रहस्य"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!