Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

'ब्लाटर डाइनोसर हुन'

Published on: Sunday, June 5, 2011 //

'अब फेरि सबै कुरा उस्तै रहन्छन्.... फिफा ठूलो संग्रहालय हो तथा ब्लाटर डाइनोसर, जो आफ्नो शक्ति कम होस् भन्ने चाहँदैन
युएई/ सधैँ विवादमा आउने डियगो म्याराडोनाले अन्तर्राष्ट्रिय फुटबल महासंघ -फिफा) का अध्यक्ष सेप ब्लाटरलाई 'डाइनोसर' को संज्ञा दिँदै अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फुटबल नबुझेका व्यक्तिको तानाशाहीमा चलिरहेको आरोप लगाएका छन् । साथै उनले ब्लाटर आफूसँग रहेको शक्ति बाँडफाँड गर्नसमेत अनिच्छुक रहेको दाबीसमेत गरे ।
संयुक्त अरब इमिरेट्स (युएई) को खल वास्ल क्लबमा आबद्ध भएपछि पहिलोपटक पत्रकारमाझ बोल्दै म्याराडोनाले ७५ वषर्ीय ब्लाटरलाई फेरि एकपटक चार वर्षका लागि सर्वसम्मतिले अध्यक्ष चुन्ने फिफा साधारणसभाको पनि विरोध गरे ।
'अब फेरि सबै कुरा उस्तै रहन्छन्.... फिफा ठूलो संग्रहालय हो तथा ब्लाटर डाइनोसर, जो आफ्नो शक्ति कम होस् भन्ने चाहँदैन,' गत वर्षको विश्वकपमा अर्जेन्टिनालाई क्वाटरफाइनलसम्म पुर्‍याएका म्याराडोनाले भने ।
'ब्लाटर फेरि अध्यक्ष चुनिएकोप्रति मलाई आश्चर्य लागेन किनभने उसलाई चुन्नेहरूलाई अब उस्ले हेर्नेछ । ब्लाटर एक सय पाँच वर्ष हुँदासम्म त्यही टाँसिरहनेछन्,' उनले भने, 'मलाई उनले राजीनामा दिन्छन् भन्ने लागेको थियो, तर उनको कार्यको बारेमा केही भविष्यवाणी गर्न सकिँदैन ।'
'मलाई पनि फिफाको परिवार बन्न आग्रह गरिएको थियो, तर मैले त्यसलाई अस्वीकार गरेँ किनभने फुटबल खेलेका एकजना पनि व्यक्ति नभएको संस्था फुटबल परिवार हुन सक्दैन,' उनले भने, 'धेरै मानिस मेरो विचारसँग सहमत छन् तथा आजभोलि फुटबलका विषयमा धेरै कुरा क्लियर छैन तथा यस्तो अवस्थामा धेरै मानिस फुटबलमा रमाउन पनि चाहँदैनन् ।'
साथै उनले अल वास्ल फुटबल क्लबले आफूलाई वाषिर्क एक करोड अमेरिकी डलर पारिश्रमिक दिएको भन्ने हल्लाको पनि खण्डन गरेका छन् । यद्यपि, उनले क्लबमा केही नयाँ खेलाडीहरू भित्र्याउने योजना भने बनाएका छन् ।
'मैले त्यति धेरै रकम पाएको छैन,' म्याराडोनाले पारिश्रमिकका बारेमा भने, 'म खेलाडी होइन, मात्र प्रशिक्षक हुँ । खेलाडी मात्रै धेरै आम्दानी गर्न सक्छन् । हामी कम कमाउँछौँ ।' साथै क्लबका अध्यक्ष मार्वन बिन बयातेसमेत म्याराडोनाको पारिश्रमिकको खुलासा गर्न चाहेनन् । यद्यपि, उनले म्याराडोनालाई राम्रै रकम उपलब्ध गराइएको भने बताए ।
साभार : नया पत्रिका

0 comments for "'ब्लाटर डाइनोसर हुन'"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!