Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

१० सहायक पाइलटलाई उडान नभर्न निर्देशन

Published on: Friday, May 20, 2011 //

काठमाडौ, जेष्ठ ६ -
नेपाल वायु सेवा निगम व्यवस्थापनले १० जना सहायक पाइलटलाई अनिश्चितकालका लागि उडान नभर्न निर्देशन दिएको छ ।



निगमका महाप्रबन्धक केबी लिम्बूले क्याप्टेन कमान्ड नभएका एमबी तुम्बाहाम्फेलाई सात वर्षका लागि करारमा नियुक्त गरेपछि त्यसको विरोधमा उत्रेका पाइलटलाई उडान भर्न रोक लगाइएको निगम स्रोतको भनाइ छ । निगमले पाइटल सजल कुइँकेल, रवीन्द्र बन्जडा, एके खड्का, सुरेश केसी, एस पौडेल, भोगेन्द्र कठायत, रमन घिमिरे, एआर शाक्य, पी श्रेष्ठ, एमके गुप्तालाई उडान भर्न रोक लगाएको हो । यी पाइलटलाई आन्तरिक उडानका लागि दुई वर्षअगाडि नियुक्त गरिएको थियो ।

उनीहरूले निगममा कार्यरत पाइलटलाई उडान अवधि नपुगेको अवस्थामा क्याप्टेन कमान्ड नभएका तुम्बाहाम्फेलाई नियुक्ति गरेकाको भन्दै विरोधमा उत्रिएका थिए । निगमका अन्य कर्मचारीले समेत लिम्बूको कार्यशैलीप्रति आलोचना गरेको निगम स्रोतले बतायो । 'तुम्बाहाम्फेको नियुक्तिलाई लिएर पाइलटहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरिसकेका छन्,' स्रोतले भन्यो ।

त्यस्तै उडानमा रोक लगाइएका सहायक पाइलटले शुक्रबार पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गबहादुर विश्वकर्मालाई भेटी निगमका कार्यकारी निर्देशक लिम्बूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।

निगम व्यवस्थापनले भने आन्तरिक उडानमा क्याप्टेन अभाव भएकाले 'सञ्चालन विभाग' का निर्देशक शिशिर शर्माको सिफारिसमा तुम्बाहाम्फेलाई नियुक्त गरेको बताएको छ । तुम्बाहाम्फे यसअघि यती एयरलाइन्समा कार्यरत थिए । हाल निगममा करिब १० जना क्याप्टेन कार्यरत छन् । उनले जेट स्टि्रमको क्याप्टेनका रूपमा ७ हजार घन्टा उडान गरिसकेका छन् । टि्वनटरका लागि भने क्याप्टेनको जिम्मेवारी लिन उनलाई दैनिक ४ देखि ५ घन्टा तालिम दिइने व्यवस्थापनले जानकारी दियो ।

'बजारमा सहायक पाइलट जति पनि पाइन्छन् तर क्याप्टेनको अभाव छ,' निगम प्रवक्ता ओम गुरुङले भने, 'निजी विमान कम्पनीको तुलनामा हाम्रो सुविधा कम भएकाले क्याप्टेन पाइरहेका थिएनौं ।' निगमको आवश्यकता भएकाले तुम्बाहाम्फेलाई राख्ने निर्णय भएको हो । निगम प्रवक्ता गुरुङले भने सहायक पाइलटले 'अनुशासन बाहिर गएर प्रोपोगन्डा' गरेको आरोप लगाए । 'यदि व्यवस्थापनको निर्णय चित्त बुझेको थिएन भने कुरा राख्नुपथ्र्यो,' उनले भने, 'सीधै मन्त्रालय र अख्तियारमा पत्र पठाएर व्यवस्थापकीय अनुशासन तोडियो ।' निगम व्यवस्थापनले यो विवाद हटाउन सहायक पाइलटहरूलाई आइतबार छलफलका लागि बोलाएको छ । त्यस्तै मुद्दा सल्टाउन सञ्चालन विभागका निर्देशक शर्माको नेतृत्वमा समिति समेत गठन भएको निगम स्रोतले बतायो ।
साभार - इ. कान्तिपुर

0 comments for "१० सहायक पाइलटलाई उडान नभर्न निर्देशन"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!