Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

१५ महिनामा ६ पटक पेट्रोलको मूल्य बढ्यो

Published on: Sunday, June 12, 2011 //


आयल निगमले आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाई १ सय २ रुपैयाँ पुर्‍याएको छ । यसअघि ९७ रुपैयाँ प्रतिलिटर पर्ने पेट्रोलको मूल्य बढाएपछि १०२ रुपैयाँ पुगेको हो ।

निगमले १५ महिनामा पेट्रोलियम पदार्थको मूल्य १२ पटक बढाएको हो । निगमले सोही अवधिमा पेट्रोलको मूल्य ६ पटक बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै निगमले ०६५ चैत २० देखि लगातार पटक-पटक पेट्रोलियम पदार्थको छुट्टाछुट्टै उत्पादनमा मूल्य बढाउँदै आएको छ ।

निगमले १५ महिनामा पेट्रोलियम पदार्थको मूल्य १२ पटक बढाएको हो । निगमले सोही अवधिमा पेट्रोलको मूल्य ६ पटक बढाएको छ ।

७७ रुपैयाँ ५० पैसा प्रतिलिटर रहेको पेट्रोलको मूल्य ०६६ चैत १ मा ८० रुपैयाँ पुर्‍याइएको थियो । निगमले पुनः ४० दिन नपुग्दै ०६७ वैशाख ९ मा २ रुपैयाँ बढाएर ८२ रुपैयाँ पुर्‍याएको थियो । त्यसपछि ८५ रुपैयाँमा पाइने पेट्रोलको मूल्य मंसिर २० मा ८८ रुपैयाँ पुर्‍याइएको थियो भनेे फागुन २९ मा ९७ रुपैयाँ प्रतिलिटर पुगेको थियो ।

निगम सञ्चालक समितिले आइतबारदेखि लागू हुने गरी ५ रुपैयाँ बढाएपछि निगमले पेट्रोलबाट पुनः नाफा हुनेछ । प्रतिलिटर २ रुपैयाँ १० पैसा घाटा व्यहोर्दै आएकोमा मूल्य वृद्धिपछि २ रुपैयाँ २९ पैसा नाफा हुने निगमका प्रवक्ता मुकुन्द ढुंगेलले जानकारी दिए ।

मासिक १ अर्ब ३३ करोड घाटा व्यहोर्दै आएको निगमको मासिक घाटा पेट्रोलको मूल्य बढाएपछि १ अर्ब २७ करोडमा झरेको ढुंगेलले बताए ।

निगमले ०६५ चैत २० मा ५५ रुपैयाँ रहेको डिजेल पटक-पटक मूल्य बढाउँदै ०६७ मंसिर २० मा ६८ रुपैयाँ ५० पैसा पुर्‍याएको थियो । डिजेलमा बढी मट्टीतेल मिसावट हुने गरेको जनाउँदै निगमले डिजेलसरह कायम गरेको छ ।

भारतीय आयल निगम -आइओसी) ले प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा पठाउने मूल्यसूचीका आधारमा आयल निगमले नाफाघाटा हिसाब निकाल्दै आएको छ ।
साभार : नया पत्रिका

0 comments for "१५ महिनामा ६ पटक पेट्रोलको मूल्य बढ्यो"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!