Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

यात्रुबाहक बसमा टाइम बम विस्फोट I

Published on: Monday, January 23, 2012 //

दाङ, माघ १०,

दाङको तुलसीपुर बसपार्कमा रोकिराखेको बसमा बम बिष्फोट भएको छ । मंगलबार बिहान भएको बिष्फोटबाट कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

तुलसीपुरबाट रुकुमको झुल्नेटाका लागि छुट्ने तयारीमा रहेको ना ३ ख ३०७४ नम्बरको बसको पछिल्लो ढोकामा भित्र बम पड्केको हो । यात्रुहरु टिकट लिन काउण्टरमा भएको अबस्थामा बम पड्केको हो ।

विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन। विस्फोटका कारण बसमा भने क्षति पुगेको छ। बमका छर्राले बसका झ्याल तथा ढोकाका सिसा फुट्नुका साथै बडी खल्बलिएको जनाएको छ । यात्रुहरु चढ्दै गर्दा विस्फोट भएकाले ठूलो क्षति नभएको प्रहरीले जनाएको छ। बमसँगै जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी नामक सशस्त्र समुहको पर्चा फेला परेको छ।

0 comments for "यात्रुबाहक बसमा टाइम बम विस्फोट I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!