राष्ट्रपति तथा अन्य दलका नेताहरुबाट सोनाम ल्होसारको शुभकामना I
Published on: Monday, January 23, 2012 //
समाचार
काठमाडौं, माघ १०,
राष्ट्रपति डा. रामवरण यादवले सोनाम ल्होसारको उपलक्ष्यमा शुभकामना दिनु भएको छ। राष्ट्रपति यादवले आफ्नो शुभकामना सन्देशमा एकताको सूत्रमा राष्ट्रलाई बाँधिराख्ने कार्यमा यस्ता चाडपर्वले ऊर्जा प्रदान गरेको उल्लेख गर्नु भएको छ।
ल्होसार नेपालीको धार्मिक र सांस्कृतिक एकताको एउटा माध्यमको रूपमा रहिरहने शुभकामना दिनु भएको छ। ल्होसार तामाङ जातिले आफ्नो परम्पराअनुसार मनाउँदै आएका छन्।
यसैगरी प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ल्होछारको अवसरमा बधाई तथा सुख, शान्ति र समृद्धीको कामना गर्नुभएको छ। सरकारले यस पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रुपमा मान्यता दिई सार्वजनिक बिदा दिँदै आएको छ।
यसैगरी नेपाली काँग्रेसका सभापति शुशिल कोइरालाले सोनाम ल्होसारको अवसरमा शुभकामना दिनु भएको छ। उहाँले नेपालका सम्पूर्ण चाडपर्व हाम्रो राष्ट्रिय पर्व भएको बताउदै राष्ट्रिय एकता भएको बताउनुभयो। यसैगरी नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले ल्होसार पर्वको अवसरमा शुभकामना दिनु भएको छ।हाम्रा कुरा