Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

नेपाल छाड्दै अमेरिकी राजदूत स्कट एच डेलिसी I

Published on: Monday, January 23, 2012 //


काठमाडौं, माघ १०,

अमेरिकी संसदले राष्ट्रपति बाराक ओबामाको प्रस्ताव स्वीकार गरेमा नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले अबको केही महिनामा नेपाल छोड्नु हुनेछ । नेपाल आएको दुई वर्ष पुग्न अझै दुई महिना बाँकी छँदा राष्ट्रपति बाराक ओबामाले उहाँलाई युगान्डाका लागि राजदूतका रुपमा प्रस्ताव गर्नुभएको छ ।

ओबामाले सोमबार उच्च अधिकारीहरुको हेरफेर गर्दै डेलिसिलाई युगान्डाका लागि राजदूतमा प्रस्ताव गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिको प्रस्ताव अमेरिकी संसदले स्वीकृति जनाएपछि मात्रै लागू हुनेछ । डेलिसी सन् २०१० को मार्चदेखि नेपालका लागि राजदूतका रुपमा कार्यरत हुनुहुन्छ । अमेरिकी राजदुतको पदावधी एउटा देशमा तीन वर्ष हुने व्यवस्था छ ।

राजदुत डेलिसीले संसदले नयाँ भूमिकाका लागि आफूलाई स्विकृति दिएको खण्डमा निर्धारित समय भन्दा तीनवर्ष अघि नै नेपाल छोड्नुपरे आफुलाई दुख लाग्ने प्रतिक्रिया दिनुभएको छ । ‘सिनेटले यो प्रस्ताव स्वीकृत गरेमा तीन वर्षको अवधी नसकिँदै मैले नेपाल छोड्नुपर्छ’, आफ्नो फेसबुक पेजमा डेलिसीले लेख्नुभएको छ, ‘नेपाल छोड्न परेको खण्डमा म दुखी हुने छु ।’

डेलिसीले नेपाल र अमेरिकाबीचको भातृत्व, सहकार्य र हीत अभिवृद्धि गर्न आफू सँधैभरी सक्रिय रहने प्रतिवद्धता समेत गर्नुभएको छ । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक मार्फत राजनीतिक मुद्दामा विचार व्यक्त गरेपछि उहाँको आलोचना र टिका टिप्पँणी समेत भएको थियो । उहाँ फिर्ता भएमा कसलाई नेपालका लागि राजदुत पठाउने भन्ने बारे भने राष्ट्रपति कार्यालयले केही खुलाएको छैन ।उज्यालो नेटवर्क

0 comments for "नेपाल छाड्दै अमेरिकी राजदूत स्कट एच डेलिसी I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!