Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

८० वर्षीय वृद्धको आगोमा जलेर मृत्यु I

Published on: Monday, January 23, 2012 //

मधुसुधन गुरागाईं, बनेपा, माघ १०,

मंगलबार बिहानै घरमा आगलागी हुँदा काभ्रे, वाल्टिङ-५, खोलाघारीका एक ८० वर्षीय वृद्धको जलेर मृत्यु भएको छ। आगलागीबाट मंगलबहादुर श्रेष्ठको मृत्यु भएको उनका भतिजा राजकुमारले फोनमा भने।

बिहान २ बजेदेखि लागेको आगोले दुई वटा कच्ची घर जलेर पूर्ण नष्ट भएको उनले बताए। आगलागीबाट करिब ४ लाखको धनमालको क्षति भएको प्रारम्भिक अनुमान छ।

सो ठाउँ जिल्ला सदरमुकाम धुलिखेलबाट ९० किलोमिटर दूरीमा रहेको घटनास्थलमा समाचार तयार पार्दासम्म प्रहरी पुगिसकेको थिएन। प्रहरीले त्यता जाँदै गरेको बताएको छ।

0 comments for "८० वर्षीय वृद्धको आगोमा जलेर मृत्यु I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!