Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

आज देश भरि नै सोनाम ल्होसार मनाइदै I

Published on: Monday, January 23, 2012 // ,



काठमाडौं, माघ १०,

आजदेखि बिरालो बर्षको अन्त्य तथा गरुड वर्षको शुभारम्भ भएको विश्वासमा तामाङ समुदायले ल्होछार मनाउन लागेको हो। बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायले आज आफ्नो सांस्कृतिक पर्व नयाँ वर्ष ल्होछार मनाउँदै छन्। यसै सम्प्रदाय अन्तर्गतको तामाङ समुदायले हरेक माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गर्दछन्।सरकारले ल्होछारका अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ।

तामाङ भाषमा ल्होको अर्थ नयाँ र सारको अर्थ वर्ष भन्ने लाग्छ। ल्होछारका अवसरमा साथीभाई तथा आफन्त भेला भएर मीठामीठा परिकार बनाएर खानुका साथै एकआपसमा नयाँ वर्षको शुभकामना आदान-प्रदान गर्ने गरिन्छ। ल्होछारको अवसरमा आज राजधानीको टुँडिखेलबाट बिहान ११ बजेपछि एक विशेष र्‍याली निकाल्ने तयारी भइरहेको छ।

यस अवसरमा राष्ट्रपति डा.रामवरण यादवले स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा शुभकामना ब्यक्त गर्नुभएको छ। सन्देशमा राष्ट्रपतिले विविधताबीच एकताको सूत्रमा राष्ट्र बाँध्न चाडपर्वले उर्जा प्रदान गर्ने विश्वास गर्नुभएको छ। यसैगरी प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ल्होछारको अवसरमा बधाई तथा सुख, शान्ति र समृद्धीको कामना गर्नुभएको छ । सरकारले यस पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रुपमा मान्यता दिई सार्वजनिक बिदा दिँदै आएको छ ।हाम्रा कुरा

0 comments for "आज देश भरि नै सोनाम ल्होसार मनाइदै I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!