Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

अबैध रुपमा काठमाडौं प्रवेश गर्ने तिव्वतीयन नागरिकहरु पक्राउ I

Published on: Monday, January 23, 2012 //

गोपाल परियार, काठमाडौँ, ९,

काठमाडौंमा आज प्रहरीले भारतीय नम्वर युपि १७ सि ०१२९ र डिएल क्यूआर ७२३४ को बसमा चढेर आएका ६५ जना तिव्वतीयन मुलका नागरिकलाई पक्राउ गरेको छ । अबैध रुपमा काठमाडौं प्रवेश गर्न खोज्ने तिव्वतीयन नागरिकलाई बाड भन्ज्याङ–६ नागढुंगास्थित पक्राउ गरेको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।

पक्राउ पर्नेमा ३३ जना महिला र ३२ जना पुरुष रहेका छन् । उनीहरुसंग कुनैपनि कानूनी कागज पत्र नरहेको प्रहरीले जनाएको छ । चीन सरकार को बेला बेला को उचस्तरिय तह संग को अनुरोध लाई मध्य नजर गर्दै चीन विरोधी गतिविधिमा संलग्न रहेने गरेको संकामा प्रहरीले तिव्वतीयन मुलका नागरिक माथि नीगरानी गरिरहेको बेला यसरि ६५ जना तिव्वतीयन मुलका नागरिक लाई अबैध रुपमा आज बेलका प्रहरीले समाएको हो ।

0 comments for "अबैध रुपमा काठमाडौं प्रवेश गर्ने तिव्वतीयन नागरिकहरु पक्राउ I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!