Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

पशुपतिनाथका मूलभट्टलाई दुई लाख ३२ हजार तलब दिन पर्स्ताव I

Published on: Monday, January 23, 2012 //



गोपाल परियार काठमाडौँ ,माघ ९,

पशुपतिनाथ मन्दिरको स्वामित्वमा रहेको गौशालास्थित धर्मशालाका २६ वटा सटरहरु,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रयोग गररिहेको १ हजार ४ सय रोपनी जग्गा करबि दुई सय कोठामा बस्न आउने तीर्थयात्रीबाट शुल्क लिने धर्मशाला , तिलगंगा आँखा अस्पताल, गोल्फकोर्स, सञ्चारग्राम, पाँचतारे होटल ह्यात, होटल द्वारकिा र चाबहिल वरपर रहेका स्कुल, कलेज, होटल, रेस्टुराँ, व्यावसायिक कम्प्लेक्सल आदि भएको मुलुकको सबैभन्दा धनी मन्दिर व्यवस्थापन भएको पशुपतिनाथको भेटिघाटी पारदर्शी गर्न सरकारले दुई महिनाअघि गठन गरेको समितिले भट्ट-भण्डारीलाई एक लाख ६७ हजारदेखि तीन लाख पचास हजार रुपैयाँसम्म पारिश्रमिक प्रस्ताव गरेको छ। पशुपतिनाथ मन्दिरमा चढाइने भेटिघाटी सबै भट्ट-भण्डारीले बाँडेर लिँदै आएका छन्।

यसलाई व्यवस्थित गर्न गठित 'भेटिघाटी व्यवस्थापन तथा नियमावली तर्जुमा समिति'ले भट्टभण्डारीसँगको सहमतिमै तलब प्रस्ताव गरेको हो। प्रस्ताव कार्यान्वयन भएपछि मन्दिरको भेटी भट्ट-भण्डारीले बाँडेर लिने परम्परा अन्त्य भई पशुपतिनाथकै विकास निर्माणमा लगाइनेछ। समितिका एक सदस्यका अनुसार भण्डारीलाई पालो परेका बेला तीन लाख ५० हजार रुपैयाँ पारिश्रमिक दिने र मूलभट्टलाई दुई लाख ३२ हजार र अन्य चार भट्टलाई प्रतिव्यक्ति मासिक एक लाख ६७ हजार रुपैयाँ पारिश्रमिक प्रस्ताव गरिएको छ।

भट्ट-भण्डारीसँगको सहमतिपछि सम्पूर्ण भेटिघाटी कोषमा दाखिला गरी उनीहरूलाई तलब तोकिएको छ एवम उनीहरूका लागि प्रस्तावित सेवा सुविधासहितको प्रतिवेदन आउने सोमबार सरकारलाई बुझाउँने समितिका एक सदस्यले बताए ।

0 comments for "पशुपतिनाथका मूलभट्टलाई दुई लाख ३२ हजार तलब दिन पर्स्ताव I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!