Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

यो वर्षको माघे संक्रान्तिमा तरुल मात्रै २ करोड बढीको बिक्रि I

Published on: Sunday, January 15, 2012 // ,

काठमाडौं, माघ २,

यो वर्षको माघे संक्रान्तिमा तरुलको मात्रै २ करोड रुपैंया भन्दा बढीको कारोबार भएको छ । पुस १५ देखि हिजो माघे संक्रान्तिसम्म १२ सय देखि १४ सय ७५ मेट्रिक टन तरुलको कारोबार भएको छ । तरुलको भाउ १८ रुपैंयालाई औसत मान्दा पनि किसान तथा व्यापारीले साढे दुई करोड रुपैंया भन्दा बढीको कारोबार गरेका छन् ।

थोक बजारमा झण्डै एक महिना १६ देखि १८ रुपैंया रहेको तरुलको भाउ अस्ति र हिजो ह्वात्तै बढेर २८ रुपैंयासम्म पुगेको थियो । खुद्रा व्यापारीले भने ३५ देखि ४५ रुपैंया किलोसम्ममा बिक्री गरेका थिए । गएको वर्षको तुलनामा यो वर्ष भाउ पनि १० देखि १२ प्रतिशतले बढेको बिक्रेताहरुले बताएका छन् । कालिमाटी तरकारी बजारमा भित्रिएको मध्ये ३०÷४० मेट्रिक टन तरुल मात्रै बिक्री हुन बाँकी छ ।

तरुलको भाउ हिजो देखि घट्न थालेको छ । व्यापारीहरुका अनुसार पुस १५ देखि हिजो सम्म ७५÷८० मेट्रिक टन सखरखण्ड र ४०÷४५ मेट्रिक टन पिंडालु बिक्री भएको छ । गएका वर्षमा माघे संक्रान्तिमा मात्रै तरुल र पिंडालुको माग हुने गरेकोमा पछिल्लो समय आलुको विकल्पका रुपमा तरुल र पिंडालु प्रयोग गर्न थालिएकाले माग बढेको बिक्रेताहरुको भनाई छ । तरुल र पिंडालुको सिजन कार्तिकदेखि शुरु भई चैत्रको अन्त्य तिर सकिन्छ ।अनलाइन उज्यालो नेटवर्क

0 comments for "यो वर्षको माघे संक्रान्तिमा तरुल मात्रै २ करोड बढीको बिक्रि I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!