Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

टीभी सोका लागि अनिल कपुरले गरे पचासी करोडको सम्झौता I

Published on: Sunday, January 15, 2012 //



एजेन्सी। बलिउड अभिनेता अनिल कपुरले इन्टरनेशनल शो २४ को इन्डियन रिमेकको लागि एक भारतीय टीभी च्यानलसँग करार गरेका छन्। अनिल कपुर र सो टीभी च्यानल बीच ८५ करोड रूपैयाँमा करार भएको बताइएको छ। भारतीय टीभी इतिहासमा यो करार सबैभन्दा ठूलो भएको बताइएको छ।

करारमा उल्लेख भएको रकम कार्यक्रमको उत्पादन, कास्टिंग, अनिल कपुरको पारिश्रमिक र पोस्ट प्रोडक्सन समेतको भएको बताइएको छ। अनिल कपुरले शो २४ को भारतीय संस्करणलाई यसको अन्तराष्ट्रिय भर्सन जस्तै बृहत स्तरमा बनाउन चाहेको बताइएको छ।

 शो २४को अन्तराष्ट्रिय रुपमा उत्पादन गरेको उत्पादकले भारतमा कुनै तेस्रो पक्षले कार्यक्रमको उत्पादन तथा प्रसारणको अधिकार लिन नसकोस भन्ने चाहेको थियो।

केहि महिनामा टीभीमा देखिने अनिलको शोमा भारतीय तथा दक्षिण एशियाली उपमहाद्धिपका दर्शकले यसअघि नदेखेका कुरा देख्न पाउने दावी गरिएको छ।

0 comments for "टीभी सोका लागि अनिल कपुरले गरे पचासी करोडको सम्झौता I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!