Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

अमेरिका भ्रमणमा कलाकार I

Published on: Saturday, January 14, 2012 //



काठमाण्डौ, माघ १,

साँस्कृतिक कार्यक्रममा आ-आफ्नो प्रस्तुती पस्कन एक दर्जन भन्दा बढि कलाकार अमेरिका प्रस्थान गर्दैछन् । छुट्टाछुट्टै गरि दुई टिम फरक कार्यक्रमका लागि अमेरिका प्रस्थान गर्दैछन् ।

आउँदो बुधबार हाँस्यकलाकार निर्मल शर्माको नेतृत्वमा नायिका युना उप्रेती, हाँस्यकलाकार गोपाल नेपाल 'फिस्टे', गायक नरेन्द्र प्यासी र सञ्चारकर्मी जयप्रकाश रिजाल करिब डेढ महिने अमेरिका भ्रमणमा निस्कदैं छन् । चन्द्र प्रकाश शर्माको पहलमा अमेरिकाको मुन लाईट कम्पनीको निमन्त्रणामा अमेरिका जान लागेका यि कलाकारले नौ स्टेटमा आ-आफ्नो कला प्रस्तुत गर्नेछन् ।

कार्यक्रमको तालिका अनुरूप अमेरिका पुगे लगत्तै यि कलाकारले जनवरीको अन्तिम साता न्यू योर्कमा पहिलो प्रस्तुती पस्केर दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । त्यसपछि उनीहरूले लस एञ्जल्स, बोस्टन, क्यालिफोर्निया, टेक्सास, सानफ्रान्सिस्को, भर्जिनिया, मिनिया पोलिस लगायतका स्टेटमा पुगि आफ्नो कला प्रस्तुत गर्नेछन् ।

टिम क्याप्टेन निर्मल शर्माले दिएको जानकारी अनुसार नायिका युना उप्रेती दुई गीतमा डान्स गर्ने छिन् भने निर्मल शर्मा र गोपाल नेपालले दर्शकलाई हँसाउने छन् । साथै उनीहरू नायिका युना उप्रेतीसँग एक गीतमा कमेडी डान्स पनि गर्नेछन् । यस्तै गायक नरेन्द्र प्यासीले करिब एक दर्जन आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन् भने सञ्चारकर्मी जयप्रकाश रिजालले कार्यक्रम सञ्चालन गर्नेछन् ।

यसैगरी अमेरिका जान लागेको अर्को टिममा संगीतकार शम्भुजित बाँस्कोटा, नायक दिवस उप्रेती, गायिका मल्लिका कार्की लगायतका रहेका छन् ।फिल्मीखबर

0 comments for "अमेरिका भ्रमणमा कलाकार I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!