Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

अध्यक्ष र प्राचार्यद्धारा विद्यालयमा मनपरी I

Published on: Thursday, January 26, 2012 //

आश गुरुङ, लमजुङ, माघ १२ गते ।
लमजुङ सदरमुकाम बेसीशहरमा रहेको जनविकास उच्च माविका अध्यक्ष र प्राचार्यले मनलाग्दी गरेको भन्दै विद्यालय ब्यवस्थापन समितिका सदस्य तथा अभिभावकहरुले आपत्ति जनाएकाछन् ।
विद्यालय ब्यवस्थापन समितिका ६ जना सदस्य मध्ये ४ जनाले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर अधिकारी र प्राचार्य रत्नमान श्रेष्ठले मनपरी गरेको जनाएको छ ।
विद्यालय ब्यवस्थापन समितिका सदस्य नरहरी पौडेल, गोविन्द बस्नेत, चन्द्रकान्त पौडेल र बिष्णु प्रसाद पौडेलले संयुक्त रुपमा पत्रकार सम्मेलनमा विज्ञप्ति जारी गरि शिक्षक नियुक्ति गर्दा, जिम्मेवारी दिँदा र विद्यालयको हरेक निर्णयहरुमा मनलाग्दी गरेको आरोप लगाएको छ ।
विद्यालय ब्यवस्थापन समितिमा ९ जना सदस्य रहेकोमा १ जना विदेश गएकाछन् भने १ जनाको मृत्यू भईसकेको छ । १ बर्षअघि मृत्यू भईसक्दा पनि अध्यक्ष र प्राचार्यका कारण मनोनयन हुन नसकेको आरोप ४ जना सदस्यले लगाएकाछन् ।
शिक्षक नियुक्ति गर्दा योग्यता र क्षमता मापदण्ड बनाउने नगरिएको, कक्षा ११ र १२ मा विषयगत र योग्यता अनुसारका शिक्षकबाट पठनपाठन नभएको र आर्थिक अनियमितता भएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा विद्यालयको नेतृत्व पक्तिले ब्यवस्थापन समितिका सदस्यले दिएको सुझावलाई लत्याएको आरोप लगाउँदै यस प्रकारका मनपरीका बारेमा टुलुटुलु हेरेर बस्न नसकेका कारण बास्तविकता पर्दाफास गरेको उल्लेख गरिएको छ । ‘जनताको छोराछोरीको भविष्यमाथि खेलवाड गर्ने यस्ता कदमप्रति टुलुटुलु हेरेर बस्दैनौँ’ ब्यवस्थापन समिति सदस्य नरहरि पौडेलले भने । उनीहरुले आगामी दिनमा लाचार रुपमा विद्यालय ब्यबस्थापन समितिको बैठकमा सहभागी नहुने पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।
लामो समयदेखि शिक्षक नियुक्ती विवादमा पर्दे आएको जनविकास उमाविमा अनियमितता हुन लागेको आशंकमा यस अघि जिल्ला शिक्षा कार्यालयले परीक्षा स्थगित गरेको थियो । निमावि तहको अंग्रेजी शिक्षक छनोटको लागि विद्यालयले लिखित परीक्षा लिन लागेपनि प्रश्नपत्र सार्वजनिक भएको गुनासो आएपछि जिल्ला शिक्षा कार्यालयले यस अघि परीक्षा स्थगित गर्न लगाएको थियो ।
निमावि तहमा अंग्रेजी शिक्षको दरबन्दी खाली भएपछि आब्हान गरेको विज्ञापनमा ६ जनाको दरखास्त परेपछि विद्यालयले लिखित परीक्षा लिन लागेको हो । परीक्षा शुरु हुने तयारी भईरहँदा प्रश्नपत्र सार्वजनिक भएको गुनासो आएको भन्दै जिल्ला शिक्षा अधिकारी नारायण प्रसाद भट्टले परीक्षा स्थगित गर्न निर्देशन दिएपछि परीक्षा रोकिएको थियो ।
विद्यालयमा गतवर्ष निजी श्रोतको विज्ञापन भएकोमा हाल आएर निमावि तृतिय श्रेणीसँगै परीक्षा लिएर शिक्षक भर्ना गरी विद्यालयलाई आर्थिक ब्ययभार बनाउने काम गरिएको विज्ञप्तीमा जनाईएको छ । दृष्टिीविहिनहरुले गत बर्ष तिहारमा भैलो खेली जम्मा गरेको रकम नदेखाएको, दृष्टिविहिन शिक्षा लेखाजोखा संयोजकमा अपाङ्गता ब्यक्तिलाई नराखी अन्यलाई राखेको, बार्षिक रुपमा चियानास्ता भनेर पचासौं हजार रकम घोटला गरेको लगायतका आरोप विज्ञप्तीमा लगाईएको छ ।

0 comments for "अध्यक्ष र प्राचार्यद्धारा विद्यालयमा मनपरी I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!