Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

नेपाल डिफेन्स आर्मीका सदस्यहरु पक्राउ I

Published on: Thursday, January 26, 2012 //



गोपाल परियार , काठमाडौँ, माघ १२,

नेपाल प्रहरीले आज राजधानीमा पत्रकार सम्मेलन गरेर बम बिष्फोटन तथा फिरौती रकम असुलीका लागि फोन धम्की दिने नेपाल डिफेन्स आर्मीका ५ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।प्रहरीले उनीहरुबाट नेपाल डिफेन्स आर्मीको नाममा छापिएको कागजपत्रहरु, धम्की दिन प्रयोग गरिएका मोवाइलहरु तथा स्वदेशी तथा भारतीय सिमकार्डहरु समेत बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङ जिल्ला मोतिपुर–६ बस्ने २८ बर्षीय पुलिस विश्वास, सर्लाही जिल्ला शंकरपुर–९ बस्ने २६ बर्षीय प्रमोद कुमार महतो, मकवानपुर जिल्ला हेटौडा नगरपालिका–४ बस्ने २६ बर्षीय निर्मल लामा, नवलपरासी जिल्ला कोठथर–७ बस्ने ३० बर्षीय जगत बहादुर थापा र तनहुँ जिल्ला दमौली नगरपालिका–२ बस्ने २२ बर्षीय चाम बहादुर थापा(राजन) रहेका छन् ।

उनीहरुले मंसिर ६ गते काठमाडौँ थापाथलीस्थित युनाइटेड मिसन टु नेपालको कार्यालय अगाडी बम बिष्फोटन गराएको, गत पुस २२ गते काठमाडौँ न्यूरोड स्थित पिपलबोटमा बम बिष्फोटन गराउनुका साथै विभिन्न व्यापारी तथा सर्वसाधारणलाई स्वदेशी तथा विदेशी सिमकार्ड प्रयोग गरी धम्की दिई रकम माग गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

0 comments for "नेपाल डिफेन्स आर्मीका सदस्यहरु पक्राउ I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!