Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

चितवनका निजी बिद्यालयहरुमा आजपनि पठनपाठन ठप्प I

Published on: Wednesday, January 25, 2012 //

प्रेम क्षेत्री, 
चितबन माघ १२-नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) चितवनले आव्हान गरेको अनिश्चितकालिन बोर्डीङ बन्दका कारण आज पनि चितवनका निजि बिद्यालयहरुको पठन पाठन ठप्प भएको छ ।विगतमा प्याव्सन चितवनसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै इष्टुले हिजादेखि अनिश्चितकालिन बन्द आव्हान गरेको हो । 

नेपाल संस्थागत विद्यालय शिक्षक युनियनले सरकारी विद्यालयका शिक्षक, कर्मचारी सरह सेवा सुविधाको माग गर्दै पटक–पटक आन्दोलन गर्दै आएको छ ।

यसअघि पनि अनिश्चितकालिन संस्थागत विद्यालय बन्द गराएको इष्टुको मागको सम्वन्धमा प्याव्सनले गत कात्तिक १५ गते सहमति कार्यान्वयन गर्ने सहमतिपछि खुलेको थियो ।

पटक–पटकको बन्दले संस्थागत विद्यालयमा राम्रो पढाई हुन सकेको छैन भने बिद्यालय बन्दले परिक्षा नजिकिएका बिद्यार्थिहरु मर्कामा परेका छन् ।

0 comments for "चितवनका निजी बिद्यालयहरुमा आजपनि पठनपाठन ठप्प I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!